गोरखा समाचारदाता
धनुषा – धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान १ युवकको टिपरको ठक्करबाट ज्यान गएको छ ।
मिथिला नगरपालिका–५ श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोको ज्यान गएको हो । औरही खोलामा अवैध गिट्टीबालुवा उत्खननको विरोध गर्दै आएका उनको ट्रिपरले च्यापेर हत्या गरिएको उनका आफन्तहरुले बताएका छन ।
प्रहरीले घटनामा सग्लन ना. ७ ख ६४१३ नम्बरका टिपरका चालकलाई समेत नियन्त्रणमा लिएको छ । स्थानीयले महतोलाई जबर्जस्ती समाएर चालकले च्यापेको बताएका छन् । साथीसँग मर्निङवाक गएको समयमा उत्त घटना भएको हो । युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
युवकको ज्यान गएको विषयमा प्रहरीले अनुसन्धान गरीरहेको छ । घटनाको विरोधमा गाउँलेले पूर्व–पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेर दोषीलाई कारवाहीको माग गरेका छन् ।


