गोरखा समाचारदाता
चितवन – चितवनको हर्दीमा ट्याक्टरले ठक्कर दिदाँ गोरखाका २ जना यूवकको ज्यान गएको छ ।
चितवन प्रहरीले जानकारी दिए अनुसार बिहीबार साँझ चितवनको राप्ती नगरपालिका ६ हर्दीमा ना. ७ ख ४६६० नम्वरको ट्याक्टरले प्रदेश नं ३ र ०२००५ प ४३४७ नम्वरको मोटरसाइकललाई ठक्कर दिदाँ गोरखा भिमसेन थापा गाँउपालिका ४ का इन्द्रबहादुर तामाङ र सुगम तामाङको ज्यान गएको हो ।
ठक्करबाट गंभिर घाईते भएका दुवैको चितवन मेडिकल कलेजमा उपचारको क्रममा ज्यान गएको थियो । घटनामा संलग्न ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।




















