गोरखा समाचारदाता
गोरखा – गोरखाका एक प्रदेश सदस्यले साँसद सुविधा मार्फत आएको सबै रकम सामाजिक काममा खर्चिएका छन ।
गण्डकी प्रदेश सदस्य प्रकाशचन्द्र दवाडीले प्रदेश साँसदमा चुनिए देखी हाल सम्म पाएको सबै रकमहरु सामाजिक काममा खर्चिएका हुन ।
साँसद दवाडीले सदरमुकाममा पत्रकार सम्मेलन गर्दै हाल सम्म २१ लाख ५९ हजार बरावरको रकम सामाजिक काममा खर्चिएको विवरण सार्वजानिक गरे ।
उनले प्रदेश साँसदमा चुनिए पछिको पहिलो बर्षमा आम्दानी भएको ७ लाख ३० हजार रकममा ४ लाख ९० हजार रुपैयाँ थप गरी जिल्लाको विभिन्न सामाजिक काममा सहयोग गरेका थिए । त्यस्तै गरी ०७५ साल पौष देखी हाल सम्म उनले पाएको सुविधाको ६ लाख ७९ हजारमा २ लाख ६० हजार रुपैयाँ थप गरेर ९ लाख ३९ हजार रुपैयाँ जिल्ला भित्रको विभिन्न सामाजिक काममा खर्चिएको विवरण सार्वजानिक गरेका थिए ।
साँसद दवाडीले कार्यक्रममा बोल्दै आफु पाएको सुविधाको रकममा आफ्नो ब्यापार ब्यवसायबाट आउने कुल नाफाको १० प्रतिशत रकम समेत थप गरी स्वास्थ्य, शिक्षा र सडक तथा सामाजिक विकास निर्माणमा गाउँ गाउँमा रकम खर्चिएको बताए ।
नेपाली काँग्रेसको तर्फबाट गोरखा जिल्ला क्षेत्र नम्बर २ को ‘ख’बाट निर्वाचित साँसद दवाडीले निर्वाचन क्षेत्र भित्र र जिल्ला भित्र गरी अति न्यून स्तर भएका सर्व साधारणलाई स्वास्थ्य उपचार, उच्च शिक्षा, महिलाहरुको सामुहिक भवन तथा ग्रामिण सडकमा सहयोग उपलब्ध गराई रहेको छ ।


