गोरखा समाचारदाता
बारा – बाराको प्रसौनीमा आगो ताप्ने क्रममा एक जनाको ज्यान गएको छ भने अर्का एक जना घाईते भएको छ । चिसो बढे संगै प्रसौनी गाउँपालिकामा आगो ताप्ने क्रममा त्यस्तो घटना भएको बारा प्रहरीले जानकारी दिएको छ ।
आगो ताप्ने क्रममा जलेर घाइते भएकी प्रसौनी गाउँपालिका ७ की ७० वर्षीया सोनादेवी साहको ज्यान गएको हो । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ लगिएको थियो । साहको आईतबार साँझ ज्यान गएको थियो ।
घाइते जितपुर सिमरा उपमहानगरपालिका २० की पास्पतीदेवी साहको भने वीरगञ्जमा नै उपचार भइरहेको छ ।




















