गोरखा समाचारदाता
गोरखा – तान्जानियाँमा रहेको विश्वकै जेठो गैंडाको मृत्यु भएको छ । फौस्टा नाम भएको उक्त गैंडा ५७ वर्षमा मृत्यु भएको हो ।
गोरङ्गगोरोको क्रेटरमा तीन वर्षको छँदा सन् १९६५ मा फेला परेको थियो । ५४ वर्षसम्म स्वतन्त्र जीवन ब्यतित गरेको फौस्टा केही बर्ष यता देखी अस्वस्थ्थ थिए । उनलाई स्वास्थ्यकर्मीहरुको निगरानीमा राखिएको थियो ।
फौस्टाको कुनै सन्तान थिएन । गोरङ्गगोरोका केटा–केटी नभएका कारण लामो समय सम्म बाँच्न सफल भएको गैंडा विज्ञहरुले बताएका छन । उक्त गैंडा लोपोन्मुख ‘इस्टर्न प्रजाति’को हो ।


