×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १७ घण्टा अघि

आज कुशे औँसी
  • २० घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • २० घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • २० घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • २१ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

हिसान स्पोर्टस् मिट सम्पन्न, ग्यालेक्सीद्वारा शिल्ड कब्जा

  •  
  • आइतबार, पुष १३, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    पोखरा – उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीले आयोजना गरेको हिसान कास्की रनिङ शिल्ड माथी न्यू ग्यालेक्सीले कब्जा गरेकोछ ।

    न्यू ग्यालेक्सीले यसा अघि सम्पन्न ११ औं, १२ औं र १३ औं समेत गरि लगातार तिन पटक उपाधि उचालेपछि शिल्डनै कव्जा गरेको हो ।
    यस पटक सम्पन्न भलिबल, बास्केटबल र टेबुल टेनिस तर्फका खेलमा समेत उच्च १५ अंक बनाउन सफल भई रनिङ शिल्ड कब्जा गरेको हो ।

    शनिबार सम्पन्न छात्र तर्फको भलिबल प्रतियोगितामा स्पाईरल एकेडेमीले उपाधि हात पारेको छ भने छात्रा तर्फ केफ माविले जितेको छ । छात्र तर्फको फाईनलखेलमा स्पाइरलले न्यू ग्यालेक्सीलाई २२–२५, २५–२२, २५–१६, र २५–११ अंकले पराजित गरेको हो । त्यस्तै छात्रा तर्फको फाईनलमा १०–२५, ९–२५ र १९–२५ को सोझो अंकले पोखरा माविलाई केफले हराएको हो ।

    विश्वविद्यालय छात्र बास्केटबलतर्फ पोखरा लिकंन ईन्टरनेशनल कलेज, इन्फोरम्याटिक्स् कलेज र पोखरा कलेज अफ म्यानेजमेन्ट क्रमश प्रथम, द्वित्तिय र तृत्तिय हुन सफल भए । छात्रातर्फ पोखरा लिंकन ईन्टरनेशनल कलेज र पोखरा कलेज अफ म्यानेजमेन्ट क्रमश प्रथम द्वितिय र तृत्तिय स्थानमा आउन सके ।

    माध्यमिक तहका विद्यालय छात्रतर्फको बास्केटबलमा प्रतिभा मावि प्रथम, पोखरा मावि द्वित्तिय र न्यू ग्यालेक्सी तृत्तिय स्थान प्राप्त गरे । छात्रा तर्फ न्यू ग्यालेक्सी प्रथम, सोसल पब्लिक दोश्रो र टप्स तेश्रो स्थानमा आउन सके ।

    त्यस्तै टेवलटेनिसका छात्र एकलतर्फको उपाधि वेलनन् एकेडेमीका नविन गुरुङले जितेका छन् । पराजित हुदै राहुल दोश्रो स्थानमा चित्त बुझाए । त्यस्तै स्टेप बाई स्टेपका प्रताप खड्का र मदरल्याण्डका मनोज पौडेलले तेश्रो स्थानमा रहे । छात्र डबल्स्मा स्टेप बाई स्टेपका अमिस ढकाल र प्रताप खड्काको जोडी प्रथम स्थानमा आउन सफल भयो भने मदरल्याण्डका मनोज पौडेल र अमन पौडेलको जोडी फाईनल खेलमा पराजित हुँदै दोश्रो स्थानमा आयो । सगरमाथाका प्रतिक मल्ल र आशिष खनालको जोडी, ग्लोवलका छितिज पन्त र सिद्धार्थ खड्काको जोडी तेश्रो स्थान सुरक्षित गरे ।

    छात्रा एकल तर्फको खेलमा सिर्जनाकी कल्पना थापा मगरले सिर्जनाकै बिन्दु चालिसेलाई पराजित गरि प्रथम हुन सफल भईन् । पराजित हुँदै विन्दु दोश्रो स्थानमा रहिन् । तेश्रो स्थानमा ग्लोवलकी सिम्रन ढकाल र गुरुकुलकी पुजा नेपाली आईन् । त्यस्तै छात्रा डबल्स् तर्फको खेलमा सिर्जनाका कल्पना थापा मगर र बिन्दु चालिसेको जोडी प्रथम स्थान, ग्लोवलका दिपशिखा खड्का र सृष्टी घलेको जोडी दोश्रो स्थान, स्टेप बाई स्टेपका जिना परियार र रोशनी राना मगरको जोडी, मदरल्याण्डका चन्द्रा गुरुङ र सिम्रन मानन्धरको जोडी तेश्रो स्थानमा आउन सफल भए ।

    बास्केटबल पुरुष तर्फको बेष्ट प्लेएरको उपाधि प्रतिभाका संजोग गोदारले पाएभने बेष्ट स्कोररको उपाधि पोखरा माविका सोनम पुर्जाले पाए । छात्रातर्फको बेष्ट प्लेएरको उपाधि न्यू ग्यालेक्सीकी मिना गर्बुजा र बेष्ट स्कोरर्को उपाधि सोसल पब्लिककी निर्विर्ति शर्माले पाईन् ।

    भलिबल पुरुष तर्फको बेष्ट प्लेएरको उपाधि न्यू ग्यालेक्सीका संजोक थापाले पाएभने बेष्ट स्पाइकरको उपाधि ग्यालेक्सीकै बिपिन शाहीले पाए । छात्रातर्फ बेष्ट प्लेएरको उपाधि केफकी रस्मिता दुरा र बेष्ट स्पाईकरको उपाधि पोखरा माविकी बर्षा पुनले पाईन् । त्यस्तै टेबल टेनिस छात्रतर्फ बेष्ट प्लेएरको उपाधि सगरमाथाका आशिष खनाले पाएभने छात्रा तर्फ ग्लोबलकी सिम्रन ढकालले पाईन् ।

    २०६४ साल देखि हरेक वर्ष कास्कीमा सञ्चालन हुँदै आएको हिसान कास्की स्पोर्टस् मिट २०७६ मा माबीतह छात्र भलिबलमा २९ टिम, छात्रा भलिबलमा १५ टिम, बास्केटबल माबी तह छात्रतर्फ ३३ टिम, छात्रा तर्फ १७ टिम र विश्वविद्यालय बास्केटबलतर्फ ६ टिमको सहभागिता रहेको हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माले जानकारी दिए ।

    त्यसै गरि छात्र टेनिस माबी सिंगल्समा ७२ जना, छात्रा सिंगल्समा ३८ जना, छात्र डवल्समा ३४ टिम, छात्रा डबल्समा १३ टिमको सहभागिता रहेको शर्मा बताउँछन् । साथै यो सहभागिता गतवर्ष भन्दा उत्साहजनक रहेको अध्यक्ष शर्मा बताउँछन् ।

    हिसान कास्कीमा आवद्ध ६८ विद्यालयमा ५३ विद्यालयहरुले प्रतियोगितामा सहभागिता जनाएको कुरा स्पोर्टस् मिटका संयोजक बाबुराम पन्तले जानकारी दिए ।

    गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवि पुनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पुनले पुरस्कार वितरण गर्दै खेलाडीलाई बधाई ज्ञापन गरेकी थिईन् । कार्यक्रमको सभापतित्व हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माले गरेका थिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    आइतबार, पुष १३, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.