गोरखा समाचारदाता
गोरखा – गोरखाको कालामाटा क्षेत्रमा आगो ताप्दै गरेका एक जना पुरुषको ज्यान गएको छ ।
जिल्लाको सिरान्चोक गाउँपालिका ६ को कालामाटामा सनिबार राती ९ः४५ बजे आगो ताप्दै गरेका लिखुराम चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
सर्य कन्ट्रक्सनको लोडर चालक ४५ बर्षिय चौधरी आगो ताप्दै गर्दा बेहोस भए लड्दा घटना स्थलमा नै ज्यान गएको हो ।


