गोरखा समाचारदाता
काठमाण्डौं – काठमाण्डौको तापक्रम यो बर्षको न्यून भएको मापन गरीएको छ । सनिबार (आज) बिहानको तापक्रम शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको हो ।
यो महिना तापक्रम घटेर देशभरी नै चिसो हुने मौसमविद्ले बताएका छन् । अघिल्लो दिन दिउँसो पारिलो घाम लागेर राती आकाश खुले बिहानको तापक्रम घट्ने तर बिहान बाक्लो हुस्सु र कुहिरो लागे तापक्रम थोरैमात्र तलमाथि हुने मौसमविद् वरुण पौडेलले बताए ।
अहिले तराईका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लागेको छ भने अरु ठाउँको मौसम सामान्यतया सफा नै रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । तराईका जिल्लामा दिउँसोपछि मात्रै हुस्सु कुहिरो हट्ने गर्दा जनजीवन प्रभावित भएको छ । शनिबार देशभरीकै मौसम सफा हुने छ ।


