गोरखा समाचारदाता
गोरखा – तमु ल्होसारको अवसरमा पौष १५ गते सार्वजानिक बिदा हुने भएको छ । गण्डकी प्रदेश सरकारले शुक्रबार मन्त्रिपरिषदको बैठकबाट निर्णय गराएर सार्वजानिक बिदा दिने निर्णय गरेको हो ।
गुरुङ समुदायको तमु ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको भन्दै भौतिक विकास पूर्वाधार मन्त्री तथा प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले पौष १५ गते सार्वजानिक बिदा दिने निर्णय गरेको जानकारी दिएको हो ।
संघिय सरकारले गुरुङ समुदायको पर्व ल्होसारमा दिंदै आएको राष्ट्रिय बिदा कटौती गरेको भन्दै तमु ह्युल छोंज धिंको अगुवाइमा गुरुङ समुदायले बिभिन्न स्थानमा प्रदर्शन समेत गर्दै आएका थिए ।


