गोरखा समाचारदाता
पोखरा – पोखरामा भईरहेको अपराध अनुसन्धान सम्वन्धी तालिममा सहभागिहरुसंग गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी महानिरिक्षक बिनोदशर्मा घिमिरले अन्तरक्रिया गरेका छन ।
तालिम केन्द्रमा जुनियर प्रहरी अधिकृतहरु संग अन्तरक्रिया गर्दै प्रहरी प्रमुख घिमिरेले अहिले कानूनी र प्रकृक्रियागत चुनौती भएता पनि प्रहरीले अनुसन्धानमा सफलता पाएको बताए । घिमिरले कार्यक्रममा बडदै गएको दण्ड हिनताको लागि समुदाय प्रहरी साझेदारी अभियान अन्तरर्गत प्रहरी र न्यायलय संगसंगै जनता माग पुग्नुपर्ने आजको चुनौती समेत रहेको बताए ।
तालिम केन्द्रमा भई रहेको ०७÷०१ समुहका प्रशिक्षार्थीहरुलाई अपराध अनुसन्धानका क्रममा कार्यक्षेत्रमा आईपर्ने चुनौती र कानूनी जटिलताका बिषयमा कास्की जिल्ला अदालतका जिल्ला न्यायधिश तेजेन्द्रप्रसाद शर्मा र जिल्ला न्यायधिवत्ता गुरुप्रसाद वाग्लेले प्रशिक्षण गराएका थिए ।
तालिममा गण्डकी प्रदेशका ११ जिल्लाका ३० जना जुनियर प्रहरी अधिकृतहरुको सहभागिता रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी निक्षिक राजेन्द्रबहादुर केसीले बताए ।


