गोरखा समाचारदाता
पोखरा – पोखराको बिरौटामा बसबाट खस्दा १ जना महिलाको ज्यान गएको छ ।
पोखरा महानगरपालिका १७ को बिरौटा स्थित राम मन्दिर नजिकै मंगलबार बिहान १० बजेको समयमा ग. १ क २४९९ नम्बरको बालोदय स्कुलको बसबाट ओर्लने क्रममा पर्वत जिल्ला खौला लाँकुरी घर भई हाल पोखरा महानगरपालिका १७ बिरौटा बस्दै आएका २६ बर्षिया सरिता पौडेलको ज्यान गएको हो ।
बसबाट झर्ने क्रममा सडकमा बजारीन पुगेकी पौडेललाई उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल लगिएकोमा उपचारको क्रममा उनको ज्यान गएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।




















