गोरखा समाचारदाता
काठमाडौं – समाजवादी पार्टी सरकारबाट बाहिरिने भएको छ। पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा कानुन मन्त्री उपेन्द्र यादवले आजै राजिनामा दिने उनका प्रेस सल्लाहकार महेश चौरसियाले जानकारी दिए।
पछिल्लो पटक मन्त्रिमण्डल पुनर्गठन हुँदा समाजवादीसँग छलफल नै नगरी यादवको जिम्मेवारी हेरफेर भएपछि समाजवादीमा सरकारबाट बाहिरिनु पर्ने आवाज उठेको थियो। साथै संविधान संशोधनमा पनि सरकार सकारात्मक नभएको भन्दै समाजवादीले सरकार छोड्ने निर्णय गरेको हो।


