×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • २ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ६ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ११ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ११ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • १२ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • १२ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

गोरखा दरबार पुर्ननिर्माणको म्याद ६ महिना थप

  •  
  • मङ्गलबार, पुष ०८, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – गोरखा दरबार पुर्ननिर्माणको म्याद थप भएको छ । २ वर्ष समयसिमा भित्र एक तल्ला पनि निर्माण नभएपछि पुरातत्व विभागले ६ महिना म्याद थप गरेको हो ।

    ‘सार्वजानिक खरिद नियावलीको आठौं संशोधन अनुसार विभागले कुल समयको २५ प्रतिशत म्याद मात्र थप गर्न पाउँछ’ आयोजना प्रमुख समेत रहेकी पुरातत्व अधिकृत मञ्जुसिंह भण्डारीले भनिन ‘सोही अनुरुप २०७७ जेठसम्म म्याद थप भएको छ ।’ २०७४ कार्तिकमा पचली शिवाको जेभीले पुरातत्व विभागसँग ४ करोड ३२ लाखमा दरबार पुर्ननिमारणको ठेक्का सम्झौता गरेको थियो ।

    २०७६ मंसिर मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने भएपनि हालसम्म एक तिहाइ काम पनि भएको छैन् । सरोकारवालाको गैरजिम्मेवारी पनका कारण सम्झौता भएको २ वर्ष बितिसक्दा समेत उल्लेख्य काम नहुन नसकेको हो । ठेकेदारको कार्यशैली प्रति विभाग पनि सन्तुष्ट छैन् । ‘अहिलेको जस्तै अबस्था रहने हो भने ३ वर्ष म्याद दिए पनि उहाँले काम गर्न सक्नु हुन्न’ भण्डारीले भनिन् ‘भर्खरै भक्तपूरबाट कामदारको राम्रो टिम लिएर जानुभएको छ ।

    यही टिमलाई काम गर्न दिने हो भने अबको ६ महिनामा दरबार बनिसक्छ ।’ ठेकेदारले म्याद थपका लागि आवश्यक बैंक ग्यारेन्टी र ६ महिनामा काम सम्पन्न गर्ने लिखित प्रतिवद्धता गरेपछि मात्र पुरातत्वले म्याद थप गरेको हो । हालसम्म पहिलो तल्लाको झ्याल ढोका राखी गारो लगाउने काम भएको छ ।

    म्याद सकिएपछि केही दिन यता उक्त काम पनि ठप्प भएको थियो । ‘अस्ती मन्त्री ज्यूको निरीक्षणका क्रममा ठेकेदार आफै उपस्थित हुनुहुन्थ्यो’ गोरखा दरबार हेरचाह अड्डाका प्रमुख हरि भुषालले भने ‘हामीले पनि म्याद थप भएको भन्ने मौखिक जानकारी पाएका छौं । कार्यलयमा पत्र आएको छैन् । त्यस यता ८/१० जनाले काम सुरु गरेका छन् ।’

    नेपालकै उद्गम स्थल एवं ऐतिहासिक गोरखा दरबार पुर्ननिर्माणकामा ढिलाई भएको प्रति सर्वत्र चिन्ता व्यक्त भएको छ । देशका उच्च पदस्थ व्यक्तिहरुले स्थलगत अनुगमन गर्दै काम छिटो गर्नुपर्ने बताउँदै आएका छन् ।

    पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, डा बाबुराम भट्टराई, संस्कृति पर्यटन तथा नागरिक उडयन मन्त्री योगेशकुमार भट्टराई, पूर्व सभामुख कृष्णबहादुर महरा, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ, पूर्व मन्त्रीहरु, सांसदहरुले पटक पटक गोरखा दरबार पुर्ननिर्माणको अबस्था बारे स्थलगत जानकारी लिइसकेका छन् ।

    केही दिन अघि गोरखा आएका पर्यटन मन्त्री भट्टराईले सार्वजानिक रुपमै दरबार पुर्ननिर्माणको काम ६ महिना भित्र सक्ने बताएका थिए । काठमाण्डौ फर्कने बित्तिकै मन्त्रालय र पुरातत्व विभागका कर्मचारी र ठेकेदारलाई निर्देशन दिने समेत प्रतिवद्धता जनाएका थिए । शाह बंशिय उद्गम थलो मानिएको जिल्लाको गोरखा दरबार तत्कालिन राजा रामशाहको पालामा बिक्रम संम्बत १६६६ ताका बनेको किम्मदन्ती छ ।

    दरबार कहिले र कुन समयमा बन्यो भन्ने कुराको भने अहिले सम्म लिखित प्रमाण भेटिएको छैन् । नेपालकै ऐतिहासिक गोरखा दरबार २०७२ बैशाख १२ को विनाशकारी भुकम्पले पुर्ण रुपमा क्षति पुगेपछि २०७४ पुसबाट भत्काएर जगैबाट पुनर्निमाण सुरु गरिएको हो ।

    नेपाल भम्रण वर्ष २०२० नजिकिदै गर्दा नेपालको सबै भन्दा ऐतिहासिक गोरखा दरबार पुर्ननिर्माण सम्पन्न नहुने खल्लो महशुस भएको छ । गोरखा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक निराश बनेर फर्किने गरेका छन् ।

    तस्विर कैलासबावु श्रेष्ठ

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, पुष ०८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.