गोरखा समाचारदाता
काठमाडौं – नेपाली बजारमा केही दिन यता देखी लगातार रुपमा सुनको मुल्य घटी रहेको छ ।
बुधबार र बिहीबार लगातार घटेको सुनको मुल्य शुक्रबार प्रतितोला ३०० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको हो।
सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने यथावत् रहेको छ । शुक्रबार चाँदी प्रतितोला ८५० मा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।




















