×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

जिल्ला प्रशासन भित्रै स्तनपान कक्ष

  •  
  • शुक्रबार, मङि्सर २०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा – जिल्ला प्रशासने कार्यालय भित्रै स्तनपान कक्ष सञ्चालन भएको छ ।

    सेवाग्राही महिलाले नवजात शिशुलाई स्तनपान गराउन सहज होस् भन्ने उदेश्य उक्त कक्ष स्थापना गरिएको हो । ‘सरकारी सेवालाई थप प्रभावकारी र परिस्कृत बनाउँदै सेवा प्रवाहसँग जोडिएका बिषयलाई पनि हामीले थप गर्दै लगेका छौं’ प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले भने ‘यसले सेवाग्राहीमा अपन्त्वको भावना पैदा हुन्छ ।’

    कार्यालयहरुमा सेवाग्राहीको भीड हुने हुँदा साना वच्चालाई दुध चुसाउन आमाहरुले अफ्ठेरो मान्ने गरेको देखिन्छ । त्यसबाट बच्चाको स्वास्थ्य र बृद्धि बिकासमा गम्भीर असर पर्न सक्ने विज्ञहरु बताउँछन् । ‘वच्चाहरुलाई स्तपान गराउनै पर्ने तर हाम्रो सामाजिक संरचनाका कारण बाहिर खुल्ला रुपमा गराउन नसक्ने अबस्था देखिन्छ’ प्रजिअ लामिछानेले भने ‘यो महिलाको गोपनीयतासँग सम्बन्धित अत्यान्त संबेदनशिल विषय पनि हो । त्यसैले उहाँहरुका लागि गोप्य स्थल निर्माण गरिदिएका हौं ।’

    जिल्ला प्रशासन कार्यालयको पहिलो तल्लामा स्थनपान कक्ष निर्माण गरिएको छ । त्यहाँ बच्चाहरुका लागि खेलौना र गुडियाको पनि राखिएको छ । ‘पलेटी कसेरै स्तनपान गराउन सक्ने गरी व्यवस्था मिलाएका छौं’ उनले भने ‘उक्त कोठाको भूइँमा पहिले म्याट, त्यसपछि कार्पेट र त्यसमाथि चक्ला राखिएको छ । वच्चा भएपछि टेबल कुर्चीमा राखेर स्तपान गराउन कठिनाइँ हुँदो रहेछ ।’

    उक्त कक्षबाट एक पटकमा ४÷५ जना महिलाले सेवा लिन सक्ने गरी प्रवन्ध गरिएको छ । यदी संकोच मान्ने व्यक्ति भएमा एकलै पनि स्तनपान गराउन मिल्ने गरी व्यवस्पापन गरिएको जिल्ला प्रशासन कार्यालय गोरखाले जानकारी दिएको छ । अब साना वच्चा हुने सेवाग्राहीले जिल्ला प्रशासन कार्यालय गोरखामा आउँदा घण्टौं वच्चा घरमा छोड्नु पर्ने वा बच्चा लिएर आउनेहरुले पनि दुध चुसाउन झण्झट बहोर्नु नपर्ने भएको छ ।

    ‘आमाले लाजका कारण स्तनपान गराउन नसक्ने अबस्था र वच्चाले यथासमयमा आमाको दुध खान पाउने समस्या दुबै हट्छ भन्ने हाम्रो विश्वास छ’ उनले भने ‘यस्ता समस्या भएका आमाहरुलाई अब निसंकोच सेवा लिन आउन पनि म अनुरोध गर्दछु ।’

    कार्यालय भित्रबाटै बैंकिङ सेवा प्रदान गरी राजस्व तिर्न सहज बनाएको जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीलाई आवश्यक सूचना दिन नागरिक सहायकता कक्ष पनि सञ्चालन गरिरहेका छ । नागरिक सहायता कक्ष मार्फत चिी पत्र बनाउदिने, सेवाग्राही आवश्यक जानकारी दिने, अन्यत्रबाट पठाउनु पर्ने वा पाउनु पर्ने प्याक्स निशुल्क उपलब्ध गराउने जस्ता काम कार्यालय भित्रबाट भइरहेको छन ।

    डिजिटल बडापत्र मार्फत कार्यालयका आवश्यक सूचना प्रवाह गरिएको छ । सेवाग्राहीको काममा हुनसक्ने ढिला सुस्ती एवं अनियमिता रोक्नका लागि सिसिटिभी जडान गरी प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीले प्रत्येक्ष निगरानी गर्ने व्यवस्था समेत मिलाईको छ ।

    कार्यालय भित्रबाटै सर्वसुलभ मूल्यमा हुलाक टिकट उपलब्ध गराउँदै आएको जिल्ला प्रशासन कार्यालयले नयाँ नागरिकता लिएकाहरुलाई तत्काल फोटो सहितको मतदाता नामवलीमा नाम लेखाउने र परिचय पत्र लिने व्यवस्था पनि मिलाएको छ ।

    सेवाग्राहीलाई शुद्ध पिउनेको व्यवस्था, सुबिधा सम्पन्न शौचालय, यात्रुहरुका लागि बिश्राम कक्ष एवं प्रतिक्षालय लगायतको सुबिधा पनि प्रदान गरिएको छ । प्रशासन कार्यालयका कर्मचारीले हरेक शुक्रबार कार्यालय वरपरको सरसफाई कार्यक्रम पनि सञ्चालन गर्ने गरेको जिल्ला प्रशासन कार्यालय प्रशासयिक अधिकृत हर्क रोकाले जानकारी दिए ।

    पछिल्लो समय सेवालाई प्रभावकारी बनाउन भन्दै सकारी कार्यालयहरुले विभिन्न योजनाहरु अघि सार्ने गरेको पाइन्छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर २०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.