×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १७ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

आरुघाट क्षेत्रका जनप्रतिनिधि र सरोकारवाला काठमाण्डौंमा

  •  
  • शुक्रबार, मङि्सर २०, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता गोरखा – आरुघाट क्षेत्रको मुआब्जा निर्धारणमा अन्याय भएको भन्दै सो क्षेत्रका जनप्रतिनिधी र सरोकारवालाहरु काठमाण्डौं पुगेका छन् ।

    प्रभावितको गुनासो लिएर बिहीबार उर्जामन्त्रालय पुगेका उनीहरुले मन्त्री वर्षामान पुनःलाई भट्न भने पाएनन् । ‘मन्त्रीज्यू बाहिर हुनुहुँदो रहेछ, भेट्न पाइएन’ आन्दोलनको समन्वय गरिरहेका जिल्ला समन्वय समितिका सदस्य राजु गुरुङले भने ‘हामीले त्यहाँ केन्द्र र प्रदेशका माननियहरुसँग छलफल गरेर योजना बनाएका छौं ।’ छलफलले मुआब्जा पुनारावलोकनका लागि समन्वय गर्न एउटा समिति बनाउने निर्णय गरेको छ ।

    सोही अनुरुप शुक्रबार सरोकारवालाहरुको भेला बोलाइएको छ । सबै क्षेत्रका व्यक्ति समेटेर बनाइने उक्त टोलीले पुनरावलोकनको काम अघि बढाउने सहमती भएको छ ।

    छलफलमा संघिय सांसदहरु हरिराज अधिकारी र खेम लोहनी, प्रदेश सभा सांसद डा रामकुमार अधिकारी (धादिङ), पूर्व सांसद चिनकाजी श्रेष्ठ, पूर्व राज्य मन्त्री छमबहादुर गुरुङ, नेकपा गोरखाका जिल्ला इन्चार्ज कृष्ण धिताल, काँग्रेस गोरखाका सभापती हरिबहादुर घले, आरुघाट र त्रिपुरा सुन्दरी गाउँपालिकाका अध्यक्ष/ उपाध्यक्ष, वडा अध्यक्षहरु जिल्ला समन्वय समिति गोरखाका राजु गुरुङ र धादिङका कमलनारायण श्रेष्ठ, सरोकार समितिका अध्यक्षहरु दिनेशकुमार ढकाल, जगन्नाथ खनाल लगायतको उपस्थिती रहेको थियो ।

    राय परामर्शमा व्यस्त सिडिओ :

    मुआब्जा निर्धारणपछि उत्पन्न परिस्थितीको बारेमा प्रमुख जिल्ला अधिकारी देबन्द्र लामिछानेले विभिन्न सरोकारवाला निकायसँग छलफल गरिरहेका छन् । मुआब्जा निर्धारण समितिका संयोजक समेत रहेका उनले बहुप्रतिक्षित आरुघाट क्षेत्रको मूल्य निर्धारण र प्रभावितहरुले गरेको आन्दोलनका बारेमा जानकारी लिन छलफललाई तिब्रता दिएका हुन् ।

    बिहीबार जिल्लामा क्रियाशिल पत्रकार एंव सञ्चारकर्मीहरुसँग छलफल भएको छ । सोमबार गरिएको मूल्य निर्धारणको बिस्तृत विवरण सार्वजानिक गर्दै प्रजिअ लामिछानेले जनतामा सूचना प्रवाह गरिदिन आग्रह गरेका थिए । प्रतिउत्तोरमा पत्रकारहरुले प्रशासनले सूचना लुकाएको गुनासो गरेका छन् । सोमबार भएको निर्णय बिहीबार सार्वजानिक गरिनुले जिल्ला प्रशासन कार्यालय नागरिकको सूचनाको हक प्रति अनुदार रहेको उनीहरुको तर्क छ ।

    सँगै मूल्य निर्धारण भएको धादिङ तर्फ भने सोही दिन पत्रकार सम्मेलन गरी निर्णय सार्वजानिक गरिएको थियो । सो अबसरमा बोल्ने जिल्लाका अधिकाशं पत्रकारहरुले प्रशासनले लुकाउँदा ढोकाबाट पाउने पर्ने सूचना झ्यालबाट लिनु पर्ने बाध्यता समेत भएको बताएका थिए । जसले गर्दा मुआब्जा निर्धारण समितिले गरेको सत्य तथ्यनिर्णय जनतामा पुग्न नसकेको उनीहरुको दाबी छ ।

    पत्रकारहरुको कुरा सुनीसकेपछि प्रजिअ लामिछानेले नियतबस कुनै भूल नगरेको भन्दै क्षमायाचना समेत गरेका थिए । ‘सूचना लुकाउनु पर्ने हाम्रो केही उदेश्य थिएन र छैन पनि’ उनले भने ‘तर यस पटक केही प्राविधिक त्रुटी भएकै यसलाई अन्यथा नलिन म अनुरोध गर्दछु ।’ आरुघाट क्षेत्रमा उत्पन्न समस्याको सहजिकरणका लागि कलम चलाइदिन उनले पत्रकारहरुलाई आग्रह गरेका थिए ।

    बुधबार उनले जिल्लामा क्रियाशिल राजनैतिक दलका नेताहरुसँग परामर्श गरेको स्रोत बताएको छ । राजनितिक दलका नेताहरुले आरुघाटमा उत्पन्न बिरोध अन्त्य गरी जनताको उचित माग संबोधन गर्न सुझाव दिएको उनीहरुले बताएका छन् ।

    यसैविच मुआब्जा घोषणा भएकै दिनबाट सुरु भएको आन्दोलन अझै जारी छ । प्रभावितहरुले गोरखाको आरुघाट आर्खेत, धादिङको बिशालनगर र खहरेबजार ठप्प पारेका छन् । व्यापारव्यासाय, उद्योग कलकारखाना, शैक्षिक संस्था, यातायात सबै बन्द गरेर उनीहरुले दिनहुँ प्रर्दशन गरिरहेका छन् ।

    उता काठमाण्डौमा बस्ने सो क्षेत्रका प्रभावितहरुले माइतीघर मण्डलामा बिरोध प्रद्र्धशन गर्दै मुआब्जा पुनरावलोकनको माग गरिहेका छन् । यता आरुघाट क्षेत्रको आन्दोलनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको गोरखा उद्योग वाणिज्य संघले जनाएको छ । बिहीबार एक प्रेस विज्ञप्ती जारी गर्दै आरुघाट क्षेत्रको व्यापारीक महत्व बुझेर उचित मुआब्जा दिन माग गरेको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, मङि्सर २०, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.