गोरखा समाचारदाता
काठमाडौं –
नेपाल आयल निगमले पेट्रोलिय पदार्थको भाउ बढाएको छ ।
सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर २ रुपैयाँको दरले बढेको हो ।
नेपाल आयल निगमका अनुसार ईण्डियन आयल कर्पोरेशनबाट १ डिसेम्बर २०१९ मा प्राप्त नयाँ खरिद मूल्यमा केही बढेर आएकाले नेपाल पनि मुल्य तोकिएको हो।
हवाई इन्धन तथा एलपि ग्यासको मुल्यसमेत बढेर आएको भएता पनि हाललाई दुवै बस्तुको विक्री मूल्य यथावत नै राखिएको छ ।



