कैलासबावु श्रेष्ठ
काठमाण्डौं – बुढी गण्डकी प्रभावितको बाँकी रहेको जमिनको मुआब्जा आज (सोमबार) निर्धारण गरीने भएको छ ।
गोरखाको आरुघाट बजार र आरर्खेत बजार तथा धादिङ्गको बिशालनगर र खहरे बजारको मुआब्जा आज तोकिन लागेको हो ।
प्रभावित मध्ये धेरै जसो स्थानको मुआब्जा निर्धारण गरेर जग्गा धनीले रकम बुझी सकेको भएता पनि धादिङ्ग र गोरखाको यि क्षेत्रका मुआब्जा भने बर्षो देखी निर्धाणरण नगरीदा त्यहाँका सर्व साधारण मर्कामा परेका थिए ।
दुवै जिल्लाको यी स्थान ब्यापारी हिसाबले महत्वपुर्ण स्थान राख्ने हुदा स्थानिय र जनप्रतिनिधीहरुले छिटो मुआब्जा निर्धारण गर्न दवाव दिदै आएको थियो । यसै बिच मंसिर ३ गते उर्जा मन्त्रायले आयोजनालाई पत्राचार गरी तत्कालै बाँकी स्थानको मुआब्जा निर्धारण गर्न भनेको थियो ।
बुढी गण्डकी जलविद्युत आयोजनाका प्रमुख कृण्ण कार्कीले सवै प्रकृया पुरा भएकोले केही समय भित्रै बैठक गरी निर्धारण गरीएको मुआब्जा सार्वजानिक गरीने टेलिफोन मार्फत जानकारी दिए ।



