×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १४ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

पालुङ्टारका अधिकांश उजुरीमा मिलापत्र

  •  
  • आइतबार, मङि्सर १५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    मोहसिन अलि मियाँ

    गोरखा -पालुङ्टार नगरपालिकाको न्यायिक समितिमा पर्ने अधिकांश उजुरी मिलापत्रबाट टुङ्गिने गरेका छन् । हालसम्म परेका उजुरी मध्ये झण्डै ८० प्रतिशतमा मिलापत्र भएको समितिको तथ्यांकले देखाउछ ।

    २०७४ जेठदेखि २०७६ कार्तिक मसान्तसम्म समितिमा १ सय ७४ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये १ सय ३७ वटा उजुरीलाई समितिले मिलापत्र गराई टुङ्गयाएको हो । ‘उजुरी परेपछि हामी दुवै पक्षलाई बोलाएर छलफल गराउँछौ’ समितिका संयोजक एवं उपप्रमुख पम्फा बसेलले भनिन् ‘हामीले छलफल गराउदा दुवै पक्ष सहमतीमा जान इच्छुक देखिन्छन्, त्यसपछि परामर्श दिएर मिलापत्र गराएर पठाउछौ ।’

    यस बर्षदेखि पालुङ्टारले इजलाशको समेत ब्यवस्था गर्दै समितिको कामलाई ब्यवस्थित रुपमा अघि बढाएको जनाएको छ ।

    सुरुकै बर्षदेखि कानूनी सल्लाहकार समेत नियुक्त गरेको समितिले सकेसम्म हरेक विवादलाई सहमतीमा टुङ्गयाउने प्रयत्न गर्ने गरेको उपप्रमुख बसेल बताउछिन् । ‘उजुरी आउनेबित्तिकै हामी पहिला दुवै पक्षलाई बोलाएर छलफल गराउछौ, आवस्यकता परे फिल्डमा गएर पनि अध्ययन गर्छौ’ उनले भनिन् ‘सकेसम्म हरेक विवादमा सहमती चाहान्छौ, अहिलेसम्मको कामलाई हेर्दा त्यो सम्भव पनि भएको छ, कुनै कुनै संवेदनशिल केश मात्रै कानुनी प्रकृयामा लैजाने गरेका छौ ।’

    कार्तिक मसान्तसम्मको तथ्यांकलाई हेर्दा १ सय ७४ मध्ये ७ वटा उजुरीलाई निर्णय मार्फत निरुपण गरिएको छ । न्ययिक समितिलाई ११ प्रकारका विवादमा निर्णय गर्दै निरुपण गर्न पाउने अधिकार छ ।

    त्यस्तै १२ प्रकारका विवादमा मेलमिलापबाट निरुपण गर्न पाउने क्षेत्राधिकार समितिलाई दिएको संयोजक बसेल बताउछिन् । त्यस्तै हाल २४ वटा उजुरी भने विचाराधिन रहेको र ६ भने दर्ता फिर्ता भएका छन् ।

    सबैभन्दा बढी उजुरीमा जग्गा विवाद
    पालुङ्टार नगरपालिकाको न्यायिक समितिमा सबैभन्दा बढी उजुरी जग्गा विवादका आउने गरेका छन् । कार्तिक मसान्तसम्म समितिमा ४५ उजुरी जग्गा विवादका आएको कानूनी सल्लाहकार दिपक कुमार श्रेष्ठले बताए ।

    जसमध्ये ३२ वटालाई सहमती र ४ वटालाई निर्णय मार्फत निरुपण गरिएको छ । त्यस्तै ९ वटा भने विचाराधिन अवस्थामा रहेको श्रेष्ठको भनाई छ । त्यस्तै लैंगिक हिंसा सम्बन्धी उजुरी समेत समितिमा कम छैनन् ।

    १ सय ७४ मध्ये ४४ वटा उजुरी महिला तथा लैंगिक हिंसा सम्बन्धीका छन् । जसलाई पारिवारिक विवादका रुपमा समेत उल्लेख गरिन्छ । यस्ता उजुरीमा भने सबैजसोमा मिलापत्र हुने गरेको कानूनी सल्लाहकार श्रेष्ठले बताए ।

    यसैगरी समितिमा ज्याला मजदुरी सम्बन्धी २३, गाली गलौज ६, घरभाडा विवादमा ९, नाबालक पालनपोषण तथा शिक्षा, जेष्ठ नागरिक संरक्षणमा १३, अंश विवाद ७, कुलो पानी र साँध मिचेको ७, ध्वनी प्रदुषणमा ४ र अन्यमा २३ उजुरी परेको श्रेष्ठको भनाई छ ।

    समितिमा पर्ने गरेका केहि संवेदनशिल उजुरीहरुको निरुपणमा भने इलाका प्रहरी कार्यालय ठाँटीपोखरीसंग सहकार्य गर्दै आएको बताइएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, मङि्सर १५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.