×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • २ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ५ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ७ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ८ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ८ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

नेपाल विष्फोटन पदार्थ उत्पादनमा आत्मनिर्भर

  •  
  • बिहिबार, मङि्सर १२, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    विष्णु नेपाल

    काठमाडौँ । अति संवेदनशील विष्फोटन पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर भएको छ । विकासका ठूला परियोजनाको पूर्वाधार तयार गर्नलाई अति आवश्यक पर्ने इमल्सनलाई विशेषगरी ठूला जलविद्युत् आयोजना तथा सडक पूर्वाधारका सुरुङमार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भिर फोर्नेलगायतका काममा उपयोग गरिन्छ ।

    नेपाली सेना र नेपाल सरकारको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनचरीमा स्थापित नेपालको पहिलो इमल्सन प्लान्टले आफ्नो उत्पादन क्षमतालाई दोब्बर वृद्धि गर्न शुरुआत गरेसँगै इमल्सन उत्पादनमा नेपाल आत्मनिर्भर हुने ढोका खुला भएको हो । सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा निर्देशनालयका प्रमुख प्राविधिक उपरथी अजितवरसिंह थापाले सुनचरीमा थप नयाँ इमल्सन प्लान्ट स्थापना भएको र यसले उत्पादनसमेत शुरुआत गरेको जानकारी दिए । अब देशका लागि आवश्यक पर्ने विष्फोटन पदार्थ सोही प्लान्टले पूरा गर्ने विश्वास लिइएको छ ।

    रु ५० करोडको लागतमा स्थापना भएको सो प्लान्टले दुई/चार सय मेट्रिक टन इमल्सन उत्पादन गरिसकेको नेपाली सेनाको मुख्यालयमा बुधबार आयोजित कार्यक्रममा उनले जानकारी दिए । गत आवमा सो नयाँ र पुरानो गरी प्लान्टबाट विभिन्न जलविद्युत, सडक आयोजनाका लागि आवश्यक विष्फोटन पदार्थसहित ७९ मेट्रिक टन बिक्री वितरण भएको कार्यक्रममा जानकारी दिइयो ।

    चीन र भारतबाट आयात गरिने इमल्सनको प्रतिकेजी रु १९० भन्दा माथि पुग्दैन । तर सो प्लान्टमा उत्पादन भएको इमल्सनको प्रतिकेजी रु १९८ मा बिक्री वितरण गरिएको सेनाले जनाएको छ । उत्पादन लागतको ७७ प्रतिशत कच्चा पदार्थ आयातमा खर्च गर्नुपरेकाले उत्पादन लागत बढेको कार्यक्रममा प्रस्तुति गरिएको थियो ।

    विसं २०६० मा स्थापना भएको पुरानो प्लान्टबाट हाल वार्षिक एक हजार २०० मेट्रिक टन विष्फोटक पदार्थ उत्पादन हुँदै आएको थियो । यो उत्पादन ‘सिङ्गलबेस प्रोपेलेन्ट प्लान्ट’ बाट मात्र हो । प्लान्टको उत्पादन क्षमतामा वृद्धि गर्न नयाँ ‘डबलबेस प्रोपेलेन्ट प्लान्ट’ स्थापना पूरा भएपछि विष्फोटन पदार्थको आवश्यकको माग पूरा भएको कार्यक्रममा जानकारी दिइयो । हाल नेपालमा पाँच हजार मेट्रिक टन विष्फोटन पदार्थ आवश्यक पर्ने एक अध्ययनले देखाएको छ ।

    नेपाली सेनाका इञ्जिनीयरिङ विभागका प्रमुख प्राविधिक सहायक रथी रामधर सिंहका अनुसार विष्फोटन पदार्थ विकास निर्माणका लागि अति आवश्यक पदार्थ हो । यसलाई ‘सिभिल एक्सप्लोसिभ’ पनि भनिन्छ । सेनाले आफूले जिम्मा लिएका कठिन सडक निर्माणमा चट्टान फोर्न विष्फोटन पदार्थको पनि सहायता लिँदै आएको छ ।

    सेनाले हालसम्म २७ सडक निर्माणका आयोजनामार्फत एक हजार ६६ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । हाल राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश जोड्ने द्रुतमार्गसहित अन्य पाँच आयोजना गरी कूल ५३६ किलोमिटर सडक निर्माण तीव्रगतिमा अगाडि बढाइरहेको छ ।

    राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको टनेल निर्माणका क्रममा यही प्लान्टबाट उत्पादन भएको विष्फोटन पदार्थको उपयोग गरिएको थियो । हाल यो आयोजनाको ९३ प्रतिशत काम सम्पन्न भइसकेको बताइन्छ । स्वदेशभित्र हाल २०० किलोमिटर टनेलिङ सडक निर्माण सम्पन्न भएका छन् । सोही मात्रामा नयाँ निर्माण भइराखेको टनेल इञ्जिनीयर रामहरि शर्माले बताउँछन् ।

    निजी क्षेत्रका निर्माण कम्पनीलाई इमल्सनको आवश्यकता र औचित्य पुष्टि भएपछि रक्षा, गृह मन्त्रालय तथा सेनाको स्वीकृति लिएर मात्र यहाँ उत्पादन भएका इमल्सन दिइने गरिन्छ । निगरानी गर्न सेनाका दक्ष प्राविधिक आफैँ परिचालन हुने गर्दछन् । प्लान्टमा हाल ३० दक्ष प्राविधिक कार्यरत छन् । कार्यक्रममा बलाध्यक्षरथी गौरव तण्डुलले विष्फोटन पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर बनेको जानकारी दिए ।

    कार्यक्रममा सहभागी जलविद्युत् व्यवसायी भीम घिमिरेले नेपाली सेनाले उत्पादन गरेको विष्फोटन पदार्थ महङ्गो तथा कम गुणस्तरसमेत भएको बताए । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका उपाध्यक्ष कुमार पाण्डेले नेपाली सेनाको विष्फोटन पदार्थ खरीद गर्न झन्झटिलो प्रक्रिया रहेको हुँदा सहजीकरण गर्न माग गरे ।

    यसरी बन्छ इमल्सन

    आल्मोनियम र सोडियम नाइट्रेटको समिश्रणबाट विष्फोटक पदार्थ बनाइने गरिन्छ । प्राविधि सहायक रथी थापाका अनुसार इमल्सनको निर्माण गर्ने प्रक्रिया ‘वाटर मिक्स’ र ‘वोइल मिक्स’ गरी दुई तहमा हुने गर्दछ ।

    पहिलो तहमा आल्मोनियम र सोडियम नाइट्रेटलाई पानीमा घोलिन्छ । दोस्रो तहमा ‘वाक्स भ्यास्लिन’ लगायतका वस्तुको समिश्रण हुन्छ, त्यसपछि ‘सेन्सोडाइज’ गरेर ‘सेमी लिक्विड’ बनाइन्छ । सेमी लिक्विडलाई प्याकेजिङ गरिन्छ । यो नै विष्फोटक पदार्थ हो । विश्वमा यही प्रविधिबाट विष्फोटन पदार्थको उत्पादन हुने गर्दछ । हाइड्रोलिकमा राखेर यसलाई प्याकिङ गर्ने गरिन्छ । एउटा बक्समा २५ किलो विष्फोटक पदार्थ राखिन्छ । त्यसमा १९० विष्फोटक पदार्थ हुन्छ । ड्रिल गरेर डेटोरनेटरसँग राखेपछि मात्रै विष्फोटक पदार्थ विस्फोट हुने गर्दछ ।

    हाल प्लान्टमा २५ एमएम र ३२ एमएमका गरी दुई किसिमको इमल्सन विष्फोटक पदार्थ उत्पादन हुँदै आएको छ । यसको क्षमताको आधारमा वर्गीकरण गरिएको बताइन्छ । इमल्सनका लागि आवश्यक कच्चा पदार्थ चीन तथा भारतबाट आयत हुने गर्दछ । विष्फोटन पदार्थ बिक्री वितरणमा सहजता ल्याउन सेनाले बजार व्यवस्थापन समितिसमेत खडा गरेको छ । नीति तथा योजना निर्देशनालयअन्तर्गत रहेको सो समितिले विष्फोटन पदार्थ प्राप्ति र वितरणमा सहजता ल्याउने कार्यक्रममा जानकारी दिइयो ।

    रासस

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर १२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.