×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन तोलामा ४३ सयले घट्याे
  • ३४ मिनेट अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ४ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ५ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ६ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ६ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ६ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ६ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

भारतले लिपुलेक जाने बाटो बनाउँदा ठाउँ ठाउँमा विस्फोट, महाकाली थुनिने खतरा

  •  
  • बिहिबार, मङि्सर १२, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    केशवराज जोशी

    काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक जाने सडकखण्ड निर्माण गर्दा गराइरहेको विस्फोटले नेपाली बस्ती जोखिममा परेको छ । भारतीय कब्जामा रहेको नेपाली भूमि लिपुलेक जाने बाटो बनाउँदा ठाउँ–ठाउँमा भइरहेका विस्फोटले नेपाली बस्ती र भू–भाग जोखिममा परेको हो ।

    व्यास गाउँपालिकाका अध्यक्षका निजी सचिव दिपक खातीका अनुसार भारतले गर्भादेखि माथिल्लो क्षेत्र र लिपुलेकबाट गरि दुई स्थानबाट बाटो निर्माण सुरु गरेको छ । भारतको धार्चुला हुँदै जाने बाटो बनिरहेको हो ।

    जसका लागि भारतले हेलिकप्टरबाट निर्माण र विस्फोटक सामग्री ढुवानी गरिरहेको उनले बताए ।

    केही दिनअघि व्यास गाउँपालिकाका अध्यक्ष दिलिपसिँह बुढाथोकी, दार्चुला तिकंर सडकखण्ड आयोजनाका प्रमुख अच्युत पन्तलगायतको टोलीले भारतले बनाइरहेको बाटोबारे अध्ययन गरेको थियो ।

    गाउँपालिका अध्यक्षसहितको टोलीले भारतले आफ्नो भूमिबाट लिपुलेक जाने बाटो बनाउँदै गर्दा गराइरहेको विस्फोटले चट्टान उछिट्टिएर नेपालको बाटो ठाउँ–ठाउँमा भत्काएको उनले बताए ।

    भारतीय पक्षले गराएको विस्फोटबाट माल्पा, घाटिवगडलगायत नेपाली भू–भागमा व्यास गाउँपालिकाले बनाएको सडक भत्किएको छ ।

    व्यास गाउँपालिकाका अध्यक्षका निजी सचिव खातीले बाह्रखरीसँग भने,‘‘ठाउँ–ठाउँमा चट्टान महाकाली नदीमै खसेका छन् । कतिपय स्थानमा त महाकाली नै थुनिने खतरा छ । महाकाली थुनिएको अवस्थामा दार्चुलावासीले ठूलो क्षति बेहोर्नुपर्ने अवस्था छ ।’’ भारतीय पक्षले बनाइरहेको बाटो र त्यसबाट पर्ने असरबारे केन्द्र सरकारलाई समेत जानकारी भइसकेको छ ।

    केही दिनअघि भारतले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेको थियो । नक्सा जारी गरेपछि नेपालमा व्यापक विरोध भएको थियो । सरकारले कूटनीतिक पहलमार्फत् विवाद सुल्झाउने बताइँरहदा लिपुलेक जाने बाटोबाट नेपालले थप क्षति बेहोर्नुपर्ने सम्भावना बढेर गएको छ ।

    त्रिदेशीय नाकामा सुरक्षा उपस्थिति खोइ ?

    कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र दार्चुलाको व्यास गाउँपालिकामा पर्छ । व्यास गाउँपालिकाले त्रिदेशीय नाकामा राज्यको उपस्थिति िहुनुपर्ने माग गर्दै आएको छ । गाउँपालिका अध्यक्ष दिलिपसिँह बुढाथोकी आफूहरुले सशस्त्रको वीओपी (बोर्डर आउट पोस्ट) स्थापनाका लागि २० रोपनी जमिन दिने निर्णय गरिसक्दा पनि फाइल केन्द्रमा गएर थन्किएको बताए । उनले दुई देशबीच कूटनीतिक रुपमा समस्याको समाधान गर्नु आवश्यक रहे पनि नेपालले सो क्षेत्रमा सुरक्षा उपस्थिति अनिवार्य गर्नुपर्ने बताए ।

    गाउँपालिकाले पटक–पटक सडक विस्तारको मागसमेत गर्दै आएको छ । सीमा सुरक्षाको मुख्य जिम्मेवारी बोेकेको सशस्त्र प्रहरी बलले सरकारले सबै व्यवस्थापन गरे आफूहरु कालापानी क्षेत्र गएर सुरक्षा दिन तयार रहेको बताउँदै आए पनि त्यसबारे ठोस निर्णय सरकारले गर्न सकेको छैन । दार्चुला सदरमुकाम खलंगाबाट व्यास गाउँपालिकाको कार्यालयसम्म मोटरसाइकल गुड्ने बाटो भने पुगेको छ । तर बिरामी, आकस्मिक दुर्घटना, सुत्केरी, प्राकृतिक प्रकोपलगायतका समस्यामा भने निकै असहज हुने गरेको स्थानीयको अनुभव छ ।

    तस्बिर सौजन्यः व्यास गाउँपालिकाको कार्यालय

    baahrakhari

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बिहिबार, मङि्सर १२, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन तोलामा ४३ सयले घट्याे

    • २. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ३. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ४. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ५. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ६. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ७. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.