गोरखा समाचारदाता
अर्घाखाची – अर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या १० पुगेको छ ।
सन्धीखर्क नगरपालिका–६ को नरपानीमा लु. २ ख २१४८ नम्बरको बस सडकबाट करिब ४०० मिटर तलबस खस्दा १० जनाको ज्यान गएको अर्घाखाची प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको बस दुर्घटनामा ११ जना घाइते छन् । केहीको अर्घाखाचीमा नै उपचार भई रहेको छ भने केहीलाई बुटवल लगिएको प्रहरीले जनाएको छ ।



