गोरखा समाचारदाता
काठमाडौं – स्वास्थ्यमा समस्या आएर अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्व राजा ज्ञानेन्द्र शाहले स्वास्थ्य लाभको कामना गरेका छन ।
प्रधानमन्त्री ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्ना सहयोगी मार्फत स्वास्थ्यलाभको सन्देश पठाएका हुन।
प्रमुख सचिव पशुपतिभक्त महर्जन पूर्वराजा शाहको सन्देश बोकेर मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए। शाहको सन्देशमा स्वस्थलाभको कामना गरिएको उनका संवाद सचिव फणि पाठकले जानकारी दिए ।



