गोरखा समाचारदाता
पोखरा – लागु औषध कारोबारमा संलग्न भएको आरोपमा पोखराबाट १ जना भारतीय नागरिकलाई प्रहरीले निन्त्रणमा लिएको छ ।
भारतको मुजफरपुर जिल्ला घर भई हाल पोखरा महानगरपालिका ५ मालेपाटनको मिलन मार्ग बस्ने २८ बर्षिय आकाश कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका भारतीय नागरिकबाट बुर्फिनर्फिन १२० एम्पुल, डाईजापाम १२० एम्पुल र फेर्नारगन १२० एम्पुल गरी ३६० एम्पुल बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
उनले यस अघि पनि पोखराको विभिन्न स्थानमा लागु औषध खरिद तथा बिक्री वितरण र ओसार पसारका साथै अञ्चय गरेर राख्ने गरेको सूचनाको आधारमा उनकै डेराबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।



