गोरखा समाचारदाता
गोरखा – गोरखा नगरपालिका ४ मा टोल स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
वडा कार्यालयको आयोजनामा भएको प्रतियोगिताको आइतबार नगरप्रमुख राजनराज पन्तले उद्घाटन गरेका हुन् ।
साविकको फिनामका १२ टोल विकास संस्था र १६ बर्षमूनीका ५ टिम गरी १७ टिमको सहभागिता रहेको प्रतियोगिता ३ दिनसम्म चल्ने बताइएको छ ।
वडाध्यक्ष खोपबहादुर अधिकारीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगरप्रमुख राजनराज पन्त, उपप्रमुख विना कुमारी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत कृष्णकुमारी श्रेष्ठ, वडा नम्बरका वडाध्यक्ष रहमतुल्ला मियाँ, जिल्ला फुटबल संघ गोरखाका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा, वडासदस्य जमिल मियाँ लगायतले बोलेका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा पन्थेश्वाँरा टोल विकास संस्थाले नमुना टोल विकास संस्थालाई २ गोलले हराएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र सान्त्वना हुनेलाई क्रमश नगद २० हजार, १५ हजार र ५ हजार सहित ट्रफि र मेडल प्रदान गरिने वडाध्यक्ष अधिकारीले बताए ।



