×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

एकिकृत नमुना वस्ती हस्तान्तरणमा ढिलाई

  •  
  • आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गोरखाको लाप्राक गुप्सीपाखामा बन्दै गरेको एकिकृत नमुना वस्ती हस्तान्तरणमा ढिलाई हुने भएको छ ।

    गैर आवासिय नेपाली संघ एनआएएनएले घर निर्माणमा चासो नदिए पछि लाभग्राहीहरुलाई घर हस्तान्तरण गर्ने प्रक्रियामा ढिलाई हुने भएको हो ।

    लाभग्राही छनौट गरी उनीहरुलाई जग्गाको लालपूर्जा सहित घर हस्तान्तरणको अन्तिम चरणको काम शुरु भएता पनि घर निर्माण संगै शौचालय, बिद्यालय, स्वास्थ्य चौकी, ब्यापारीक मल र खुल्ला मैदान निर्माण नभएका कारण ढिलाई हुने भएको हो ।

    गएको कात्तिक २४ गतेसम्ममा वास्तविक लाभग्राही छनौट गरिसक्ने भनिएपनि हाल सम्म पनि त्यो काम हुन सकेको छैन । ५७३ लाभग्राहीका लागि घर निर्माणको काम अन्तिम चरणमा पुगेको भएता पनि अहिले ४९ लाभग्राही थप भए पछि अन्यौल्यता थपिएको छ ।

    अन्तिम लाभग्राही छनौटको काम धार्चे गाऊँपालिका आफैले गर्ने छ । उत्त कामका लागि वडा नम्बर ४ का वडाध्यक्ष राज गुरुङलाई जिम्मेवारी दिईएको छ । कात्तिक १७ गते बसेको बैठकले समिति गठन गरि १ साताभित्र अन्तिम लाभग्राही छनौट गर्ने निर्णय गरेको थियो ।

    स्ती निर्माण शुरु गर्दा भन्दा अहिले लाभग्राहीको संख्या ४९ घर परिवार लाभग्राही थपिएको वडाध्यक्ष गुरुङले बताए ।

    अन्यत्र घरजग्गा नभएकालाई मात्रै अब लाभग्राहीको सूचीमा राखिने छ । वास्तविक लाभग्राही यंकिन भईसकेपछि उनीहरुको नाममा लालपूर्जा बनाउने काम शुरु हुने पुनःनिर्माण प्राधिकरण अन्तर्गतको अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई गोरखाका प्रमुख रामशरण आचार्यले बताए ।

    लालपूर्जा हस्तान्तरणका लागि जग्गा कित्ताकाटको काम अन्तिम चरणमा पुगिसकेको छ । ब्यक्तिगत सहित स्वास्थ्य चौकी, विद्यालयको जग्गाको पनि कित्ताकाटको काम भैरहेको छ । हरेक लाभग्राहीले ३ आना १ पैसा १ दाम जग्गाको लालपूर्जा पाउने छन् । लालपूर्जा पाएपनि उनीहरुले १० वर्षसम्म घरजग्गा बिक्री गर्न भने पाउने छैनन् ।

    परिवारमा स्वत हस्तान्तरण हुने बाहेक घरजग्गा बिक्री गर्न नपाइने इकाईले जानकारी दिएको छ । गुप्सीपाखाको १८ दशमलव ३२ हेक्टर क्षेत्रफल जग्गामा लाप्राकका भूकम्प पीडितहरुका लागि घर निर्माणको काम भईरहेको छ ।

    अहिले घरको शौचालय निर्माणका लागि लाप्राकी जनाले श्रमदान गरी रहेको छ । बस्तीमा आवश्यक काठ आउना साथ घरको माथिल्लो तल्लामा काठ राख्ने काम हुने छ ।

    घर निर्माण बाहेक वस्ती आसपासको बाटो, सिंढी र नाला निर्माण लगायतको काम धार्चे गाऊँपालिका आफैले गर्ने छ । त्यसको ब्ययभार गैरआवासीय नेपाली संघले नै ब्यहोर्ने गरी गाउँपालिका संग लिखित सम्झौता भई सकेको छ ।

    संघका नयाँ अध्यक्ष कुमार पन्तले घर निर्माण तत्कालै पुरा गरी नेपाल सरकारलाई हस्तान्तरण तयारी भई रहेको जानकारी दिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.