गोरखा समाचारदाता
पोखरा – पोखरामा २ भिन्न घटनामा १ जनाको ज्यान गएको छ भने अर्को १ जना घाईते भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार पोखरा महानगरपालिका २ को बागलुङ बसपार्कमा रहेको धौलागिरी पर्वत गेष्ट हाउसमा स्याङजा भिरकोट गाउँपालिका ३ का ६४ बर्षिय पुर्णबहादुर घर्ती मृक्त अवस्थामा भेटीएको हो ।
सनिबार साँझ होटलमा बसेका घर्ती आईतबार बिहान बाथरुम भित्र लडी रहेको अवस्थामा देखे पछि उपचारको क्रममा पश्चिम क्षेत्रिय अस्पताल ज्यान गएको हो ।
त्यस्तै गरी आईतबार पोखरा महानगरपालिका १९ को लामाचौर बस्ने ७० बर्षिया टिकादेवी के.सी. आगोले पोलेर घाईते भएकी छिन ।
बिहान ७ः३० बजे घर अगाडीको तुलसीको मोठमा पूजा गरी बत्ति बालेर गफगर्ने क्रममा शरिरको पछिल्लो भागमा बक्तिले साडी पोलिदा घाईते भएकी थिईन ।
घाईते केसीको पश्चिम क्षेत्रिय अस्पताल पोखरामा उपचार भई रहेको प्रहरी कार्यालयले जानकारी दिएको छ ।



