×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

भोकालाई खाना पस्कँदै नेपाली

  •  
  • आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    प्रतिमा बाँस्कोटा

    क्यालिफोर्निया, अमेरिका — हरेक साताको मंगलबार बेलुकी सान्फ्रान्सिस्को सहरको एउटा गल्लीमा नेपाली खाना पस्केर बाँड्ने र खानेहरूको भीड हुन्छ । पकाएर ल्याएका खाना बाँड्न एउटा जमातले टेन्ट लगाएर तयारी गरिरहेका हुन्छन् । केही छेवैमा मादल बजाउँदै गीत गाइरहेका हुन्छन् । यो सहरमा बस्दै आएका एक मनकारीको अगुवाइमा सुरु गरिएको निःशुल्क खाना बाँड्ने क्रम १३ वर्षदेखि जारी छ ।

    ‘करी विदआउट वरी’ नामक गैरनाफामूलक संस्थामार्फत खाना बाँड्ने अभियानलाई ‘स्वच्छ खाना भोका आत्माहरूका लागि’ नाम दिइएको छ । यसको अगुवाइ गरेका छन्– श्रवण नेपालीले । उनलाई अन्य चिनेजानेका नेपालीसहित विदेशीले साथ दिएका छन् । परोपकारीको जमात मंगलबार बिहानदेखि सानचेज स्ट्रिटस्थित बेथानी युनाइटेड मेथोडिस्ट चर्चको भान्सामा खाना बनाउँछन् । साँझ ६ बजेदेखि सिमोन बोलिभारको सालिकअघि सिभिस सेन्टरमा बाँड्छन् । खाना खान यो क्षेत्रमा बस्दै आएका घरबारविहीनको लाम लाग्छ । भोकाको भीडलाई खाना वितरण गर्न यो संस्थालाई स्वयंसेवीहरूले सघाउँछन् । खाना बनाउनका लागि चर्चले भान्साघर उपलब्ध गराएको छ ।

    खान आउनेले दाल निकै मन पराउँछन् । उमारिएका नौ प्रकारका गेडागुडीको दाल बनाइन्छ । दालसँगै हुन्छ टमाटरको पिरो चट्नी, सुक्खा रोटी र बासमती चामलको भात । काँक्रा, गाँजर लगायतका फलफूल र चिया दिने गरिएको छ । साताको एक साँझ यहाँ आइपुग्नेले पेटभरि खाना सित्तै खान पाउँछन् । जब खाना बाँड्न सुरु हुनु एक घण्टाअघि नै कागजका प्लेट बोकेर मानिसहरू लाम लाग्छन् ।

    श्रवण नेपाली नौ वर्षअघिसम्म सान्फ्रान्सिस्कोमा टेस्ट अफ हिमालय नामको रेस्टुरेन्ट चलाउँथे । रेस्टुरेन्ट बाहिर हरेक दिन आएर खानाको आस गर्दै बस्ने घरबारविहीनहरू देखेपछि दया जागेर आयो । ‘नेपालमा आफू भोको बसेर भए पनि पहिला अरूलाई खान दिने चलन छ,’ उनले भने, ‘यस्तो अवस्था यो सहरमा देखेपछि मैले आफूलाई रोक्नै सकिनँ, केही त गर्नैपर्छ भन्ने लागेर आयो ।’ बिखर्ची भएर भोकै सुत्नेहरूलाई एक छाक भए पनि खुवाउने अभियान सुरु गर्दा रेस्टुरेन्टका नियमित ग्राहक भरत गुरुङलगायत अरू नेपालीले साथ दिएको उनले बताए ।

    हिजोआज खाना वितरण गर्न २० जनासम्म स्वयंसेवीको जनशक्ति पर्याप्त हुन्छ । तर उनको अभियानका बारेमा सुनेर हरेक साता ४०/४५ जना सघाउन आएका हुन्छन् । ‘पकाउन र खाना बाँड्न धेरैजनाले सघाउन थालेका छन्,’ उनले भने । खाना खुवाउन लाग्ने खर्च जुटाउन ‘गो फन्ड’ नामक वेबसाइटमार्फत सहयोगको अपिल गरिन्छ । एक साँझ २ सय ५० जनालाई खाना खुवाउन करिब ३ सय ५० डलर खर्च हुन्छ । चाहिने सामानका लागि बेलाबेला बिभिन्न संघसंस्थाले आर्थिक सहयोग गर्छन् । योबाहेक चिनजानका अमेरिकी र नेपालीहरूले जन्मदिन र बिहेको वर्षगाँठ लगायतमा एक पटकको खाना खुवाउने जिम्मा लिन्छन् । ‘जय हो’ नामक भारतीय ग्रोसरी स्टोरले चाहिने दाल र मसलालगायत उपलब्ध गराउँछ ।

    सिभिस सेन्टरसँगै काठमाडौंको हनुमानढोकास्थित परोपकार अनाथालय र सान्फ्रान्सिस्कोकै नोय भ्याली फामर्स मार्केटमा हरेक शनिबार खाना पस्किने गरेको ‘करी विदआउट वरी’ संस्थाले जनाएको छ । २०७२ को भूकम्पपछि यहाँबाट श्रवणसँगै केही अमेरिकीहरू सहयोग लिएर नेपाल पुगेका थिए ।

    काठमाडौंको परोपकार अनाथालयमा हुर्किएका नेपालीको जीवनका आरोह/अवरोह चलचित्रका कथाजस्तै छ । प्यूठान घर भएका उनको बाल्यकाल काठमाडौंको परोपकार अनाथालयमा बितेको हो । उनी सानै छँदा झगडा गरेर आमाबुवा छुट्टिएका थिए । श्रवण मावलामा हजुरआमासँग बसे । डाँडाकाँडा घुम्ने भन्दै प्यूठान आइपुगेका दुई अमेरिकी त्यो घरमा बस्न पुगे । घुम्न आएका जोन पल र डेभ फुल्टनले हजुरआमाको निधनपछि उनलाई काठमाडौं ल्याएर परोपकार संस्थामा राखिदिए । ‘मेरो बजुले बनाएको खाना खान्थे, बजुले म मरेपछि मेरो नातिलाई काठमाडौं लगिदिनु भन्नुभएको रहेछ,’ उनी भन्छन्, ‘उनीहरूले मेरो उद्धार गरे ।’ काठमाडौंमा १२ कक्षासम्मको पढाइ सकेपछि उनलाई तिनै दुई अमेरिकीले स्पोन्सर गरेर अमेरिकामा पढ्न बोलाए ।

    ३४ वर्षअघि अमेरिका आएका उनले नर्थ क्यारालोनाको वारेन विल्सन कलेजबाट अर्थशास्त्रमा अन्डर ग्य्राजुएट गरेपछि सान्फ्रान्सिस्को लिंकन युनिभर्सिटीबाट एमबीए गरे । कलेजपछि एकाउन्टेन्ट र कन्ट्रोलर भए । त्यसपछि रेस्टुरेन्ट खोले । तीन वर्ष रेस्टुरेन्ट चलाउँदा सधैं बाहिर खानाको आस गरेर बस्ने घरबारविहीन मानिसहरू देखेर मन बहकिन्थ्यो । ‘हरेक दिन बाहिर खाना लगेर दिन्थें, पछि दुई/चार जनालाई यसरी बाँड्नुभन्दा धेरै भोकालाई खाना खुवाउन सकिन्छ जस्तो लाग्यो,’ उनले भने, ‘अनि रेस्टुरेन्ट बन्द गरेर आफ्नै पैसाबाट खाना खुवाउन सुरु गरें । पछि बिस्तारै सहयोगी हातहरू जोडिन आइपुगे ।’ नेपाली अहिले पनि सान्फ्रान्सिस्कोमा जो पलको घरमा बस्छन् । बस्न भाडा तिर्नुपर्दैन । आफ्नो खर्चका लागि उनी विदेशीहरूलाई नेपाली नृत्य, संगीत र खाना बनाउन सिकाउने गर्छन् ।

    kantipur

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.