गोरखा समाचारदाता
धादिङ्ग – धादिङ्गको बैरेनीमा जन्ती बोकेको बस दुर्घटना हुदा १ जना ज्यान गएको छ भने ४० जना भन्दा बढी घाईते भएका छन ।
गल्छी गाउँपालिका वडा नं ६ बैरेनीबजारमा आज (आईतबार) बिहान नुवाकोटको बाँसगडीबाट अमलेखगञ्जतर्फ जाँदै गरेको बा.२ ख ६२६८ नं. को जन्ती बस सडकको खाल्डो छल्न लाग्दा दुर्घटना भएको थियो ।
दुर्घटनामा नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नं ५ की १४ वर्षीया डोल्मा तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका धादिङ्गले जानकारी दिएको छ ।
दुर्घटनामा ४० जना भन्दा बढी घाईते भएका छन । घाईते मध्ये १७ जनाको अवस्था गम्भीर भएकाले उनीहरुको थप उपचारका लागि काठमाडौँ ट्रमा सेन्टर पठाइएको छ । अन्यको भने वैरेनी र गल्छीमा रहेको स्वास्थ्य केन्द्रहरुमा उपचार भइरहेको छ ।



