गोरखा समाचारदाता
काठमाडौँ – देश भरको मौषममा आएको परिवर्तनका कारण आईतबार हल्का वर्षा तथा हिमपात हुने सक्ने संभावना रहेको छ ।
पश्चिमी न्यूनचापीय वायुको प्रभावका कारण मध्य पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भू–भागका हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
सोमबार पनि देशका मध्य र पूर्वी भू–भागमा सामान्य बदली रही पश्चिमी भू–भागमा आंशिक बदली भई पूर्वी र मध्य पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षा र हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपात हुने सम्भावना छ ।




















