×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाका छ हजार बढी भूकम्प पिडीतले दोस्रो किस्ता नपाउने

  •  
  • शनिबार, मङि्सर ०७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गोरखा जिल्ला ६ हजार बढी भूकम्प पिडीतले दोस्रो किस्ता नपाउने भएका छन ।

    राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जेठ मसान्त भन्दा पहिलेनै लाभग्राही सूचीमा परेकाहरुलाई कात्तिक मसान्त सम्ममा दोस्रो किस्ताको अनुदान रकम लिइसक्न भनेको भनेता पनि नलिएका ६ हजार बढीले अब दोस्रो किस्ता नपाउने भएका हुन ।

    प्राधिकरणले अर्को निर्णय नगरे ति भूकम्प पिडितहरुले दोस्रो किस्ताको अनुदान रकम नपाउने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई गोरखाले जानकारी दिएको हो ।

    प्राधिकरणले जेठ मसान्तभन्दा पहिलेनै लाभग्राही सूचीमा परेकाहरुलाई कात्तिक मसान्तसम्ममा दोस्रो किस्ताको अनुदान रकम लिइसक्न भनेको थियो । तोकिएको समयभित्र दोस्रो किस्ताको रकम नलिनेलाई अनुदान रकम नदिने प्राधिकरणले निर्णय गरेको थियो ।

    त्यस्तो निर्णमा फेरबल नभएमा गोरखा जिल्लाका ६ हजार ३६० लाभग्राहीले दोस्रो र तेस्रो किस्ताको अनुदान रकम नपाउने निश्चित छ । जिल्लामा हालसम्म लाभग्राहीको संख्या ७१ हजार १७६ पुगेको छ । त्यसमध्ये ६७ हजार १६८ ले अनुदान सम्झौता गरि पहिलो किस्ताको अनुदान रकम लिएका छन् भने ६० हजार ८०८ ले दोस्रो किस्ताको अनुदान रकम लिएको छ ।

    जेठ मसान्तभन्दा पछि लाभग्राही सूचीमा परेकाहरु सहित गुनासोबाट थप भएका लाभग्राही, जोखिम क्षेत्रका लाभग्राही, भूमीहीन लाभग्राही, सार्वजनिक जग्गामा घर बनाउन अनुमति पाएका लाभग्राही, पुनरावेदन समितिबाट कायम भएका लाभग्राही र प्रवलीकरण गर्नुपर्ने लाभग्राहीले भने अगामी असार मसान्तसम्मै अनुदान रकम पाउनेछन् ।

    पुनःनिर्माण प्राधिकरणले गत असोज २९ गते गरेको निर्णय अनुसार यस्ता लाभग्राहीले २०७७ असार मसान्तभित्र तेस्रो किस्ताको अनुदान लिइसक्ने कबुलियतनामा गरेपछि क्रमैसँग किस्ता रकम पाउनेछन् ।

    प्राधिकरणले कात्र्तिक २७ गते अर्को निर्णय गर्दै विशेष कारणवश अनुदान सम्झौता हुन नसकेका लाभग्राही पनि कात्तिक मसान्तभित्र दोस्रो किस्ता लिन वाध्य नहुने भनेको छ । कुन कारणले अनुदान समझौता गर्न नसकेका हुन् भनेर सम्बन्धित स्थानीय तहबाट मनासिव कारण सहितको सिफारिस बनाउनु पर्ने प्राधिकरणले जनाएको छ ।

    यस्ता लाभग्राहीको विवरण मंसीर मसान्तभित्र पठाइसक्नु पर्ने अनुदान ब्यवस्थापन तथा स्थानीय पूर्वाधार इकाई गोरखाले जानकारी दिएको छ । जिल्लामा हालसम्म ५५ हजार ९३२ लाभग्राहीले घर निर्माण पूरा गरि तेस्रो किस्ताको अनुदान रकम लिएका छन् ।

    दोस्रो किस्ता लिएर तेस्रो नलिनेको संख्या ४ हजार ८७६ रहेको छ । उनीहरुले पनि माघ मसान्तसम्ममा तेस्रो किस्ताको रकम लिइसक्नु पर्ने प्राधिकरणले जनाएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शनिबार, मङि्सर ०७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.