गोरखा समाचारदाता
काठमाडौं – मन्त्रि मण्डल विस्तार गर्न बसेको नेकपाको सचिवाल बैठकले आज पनि मन्त्रिमण्डल विस्तार गर्न सकेन ।
प्रधानमन्त्रि निवास बालुवाटारमा भएको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी बैठकले निर्णय लिन नसक्दा आजको लागि मन्त्रिमण्डल विस्तार गर्ने कार्य रोकिएको हो ।
तर आज बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले दुई अध्यक्ष जिम्मेवारी भने बाँडफाँटको टुगो लगाएको छ । बाँडफाड अनुसार प्रधानमन्त्रि ओली पुरा कायकाल प्रधानमन्त्रि हुने छन भने अर्का अध्यक्ष पुष्पकमल दाहाल भने कार्यकारी अध्यक्ष सहित पार्टी सञ्चालनको जिम्मेवारी पाएका छन ।
संभवत बिहीबार हुने मन्त्रिमण्डल विस्तारको लागि बैठकले दुई अध्यक्षलाई जिम्मेवारी दिइएको छ ।
स्रोतका अनुसार पूर्व माओवादीबाट दुई मन्त्री र एक राज्यमन्त्री हट्ने छन । कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषि राज्यमन्त्री रामकुमारी चौधरी हट्ने पक्का भएको छ ।
यस्तै पूर्वएमालेको कोटाबाट महिला बालबालिकामन्त्री भएकी थममाया थापा पनि हट्ने पक्का भएको छ । पूर्वएमालेबाट अरु केही मन्त्री हट्ने भनिए पनि टुंगो लागेको छैन । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र श्रममन्त्री गोकर्ण विष्टमध्ये एक हट्नसक्ने नेकपा सचिवालयका एक सदस्यले बताए ।
नयाँ मन्त्रीहरुको टुंगो लाग्न बाँकी छ । तर मन्त्रीहरुको सपथ भने भोलि हुने संभावना छ ।



