×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बूढीगण्डकी इकाईको म्याद एक वर्ष थप

  •  
  • बुधबार, मङि्सर ०४, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    नरेन्द्र ढकाल

    गोरखा -बूढीगण्डकी जलविद्युत आयोजना इकाई कार्यालयको म्याद थप भएको छ ।

    १२ सय मेगावाटको उक्त आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण र वातावरणीय अध्ययन पूरा गर्न गठित ‘पुनर्बास, पुनस्र्थापना तथा जग्गा मुआब्जा वितरण इकाई समिति’को म्याद एक वर्ष थप गरिएको हो ।  ‘एक वर्ष म्याद थपिएको भन्ने जानकारी प्राप्त भएको छ’ इकाई समितिका प्रमुख कृष्ण कार्कीले भने ‘कार्यालय रहने नरहने अन्यौलता हटेको छ, अब कामले तिब्रता लिन्छ ।’ केही दिन अघि बसेको मन्त्री परिषद्को बैठकले आयोजनाको म्याद थप गरेको स्रोतले बताएको छ ।

    तोकिएको आधा काम पनि पूरा नहुँदै कात्तिक १४ गते इकाईको म्याद सकिएको थियो । ३ वर्षअघि एक वर्षका लागि मात्र गठन गरिएको इकाईको म्याद पटक–पटक थपिएको हो । यस पटक पनि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक वर्ष म्याद थप गरेको स्रोतले बताएको छ ।

    २०७३ सालमा तल्कालीन ऊर्जा मन्त्री जनार्दन शर्माले विकास समिति विघटन गरी आयोजना कम्पनी मोडलमा निर्माण गर्ने निर्णय गराएका थिए । त्यतिबेला जग्गा मुआब्जा वितरण र बाँकी वातावरणीय काम पूरा गर्न इकाई गठन गरिएको थियो । गत वर्ष पनि एक वर्षका लागि इकाईको म्याद थप गरिएको थियो ।

    उक्त कार्यालयले हालसम्म करिब साढे २६ अर्ब रुपैयाँ बराबरको मुआब्जा वितरण गरेकोे छ । तर, आरुघाट, आर्खेत र खहरे बजार क्षेत्रको मुआब्जा निर्धारण गरिएको छैन । यस्तै, घर, गोठ तथा रुख विरुवाको लगत संकलन पनि हुन सकेको छैन । मुआब्जा निर्धारणको नभएको भन्दै सो क्षेत्रका स्थानीयले आन्दोलन घोषणा गरिसकेका छन् ।

    मुआब्जा निर्धारणका लागि प्रमुख जिल्ला अधिकारी र आयोजना प्रमुखको जुवारी सञ्चार माध्यममा छरपस्ट छन् । गोरखाका प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने त्यही प्रयोजनका लागि कार्यालय स्थापना गरिएकाले ठोस प्रस्ताव तयार गरी मुआब्जा निधारण समितिमा ल्याउनु पर्ने बताउँछन् । त्यसपछि तत्काल मुआब्जा निर्धारण हुने उनको भनाई छ ।

    जग्गा प्राप्ति ऐन, २०३४ अनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा मुआब्जा निर्धारण समति रहने प्रावधान भएकाले मूल्य निर्धारणको काम आफ्नो नभएको आयोजनाको इकाई कार्यालयका प्रमुख कार्कीको दाबी छ । दुई कार्यालयको जुहारीका कारण मूल्य निर्धारणमा ढिलाई भएको स्रोतले बताएको छ ।

    जिल्लामा प्रस्तावका लागि तयार गरिएको मुल्य बढि भएको भन्दै मन्त्रालयले घोषणा गर्न नदिएको कतिपय बताउछन् । आरुघाट क्षेत्रको मुआब्जा निर्धारणको माग गर्दै प्रभावितहरु आन्दोलित भएपछि जिल्लाका अन्य सरोकारवालाहरु पनिे छलफलमा जुटेका छन् । सोही अनुरुप सोमबार इकाई कार्यालयका प्रमुख कार्कीले जिल्लाका शीर्ष राजनितिक दलका प्रमुखहरुको राय समेत लिएका छन् । ‘कार्की जी म र नेकपाका इन्चार्ज कृष्ण धिताल बसेका थियौं’ नेपाली काँग्रेसका सभापती हरिबहादुर घलेले भने ‘हामीले छिटो मुआब्जा निर्धारण गर्नुहोस्, जनता माथि धेरै अत्याचार भयो, अब ढिला गर्ने समय छैन भनेर स्पष्ट रुपमा कुरा राखेका छौं ।’

    प्रमुख जिल्ला अधिकारी लामिछानेलाई पनि न्यायचित ढङ्गले अबिलम्ब मुल्य निर्धारण गर्न बारम्बार आग्रह गरिरहेको उनले बताए । सरकारले यसअघि ४४ हजार रोपनी क्षेत्रफलका स्थानीय प्रभावितलाई मुआब्जा वितरण गरेको छ । अझै १८ सय रोपनी क्षेत्रफलको मुआब्जा निर्धारण गरी वितरण गर्न बाँकी छ । मुआब्जा निर्धारण नहुँदा आयोजना प्रभावित गोरखाको आरुघाट, आर्खेत र धादिङको बिशालनगर र खहरेका स्थानीयले मुआब्जा पाएका छैनन् ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    बुधबार, मङि्सर ०४, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.