गोरखा समाचारदाता
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले बुधबार मन्त्रिपरिषद् हेरफेर गर्ने तयारीमा आफू रहेको सुनाउँदै कुनै सार्वजनिक कार्यक्रम नराख्न मन्त्रीहरूलाई निर्देशन दिएका थिए।
बैठकमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्का केही सदस्यको जिम्मेवारी हेरफर हुने र केहीले बिदा लिनुपर्ने अवस्था आउने समेत बताए।
प्रधानमन्त्री ओलीले पार्टीमा सबैलाई पालो पुरयाउन लागि पनि मन्त्रिपरिषद् हेरफेर गर्नुपरेको बताए थिए।
सो अबशरमा कुनै पनि मन्त्रीको नाम नतोकीकन अहिलेसम्म गरेको काम र सहयोगका लागि धन्यवादसमेत दिएका थिए । प्रधानमन्त्री ओलीले बैठकमा को–को हट्ने, को–को दोहोरिने र को–को थपिने भन्नेबारे भने केही जानकारी गराएनन्।



