गोरखा समाचारदाता
पर्वत – पर्वतको बिहादीमा स्काभेटर मर्मतका क्रममा घाईते भएका सह चालकको उपचारको क्रममा ज्यान गएको छ ।
गुल्मीको कालिगण्डकी गाउँपालिका ३ को जयखानीमा रहेको एलाईड कन्ट्रक्सन प्रालीले पर्वतको पुर्तीघाट पुलको निर्माण गर्ने क्रममा एक्साभेटरको चेन बिक्रीए पछी मर्मत गर्ने क्रममा सह चालक घाईते भएको थियो ।
घाईते सहचालक प्यूठान मक्षीका २३ बर्षिय महेन्द्र जिसीको पाल्पामा रहेको मिसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पाल्पा प्रहरी कार्यालयले जानकारी दिएको छ ।
मृत्तक सह चालक जिसीलाई मर्मतका क्रममा एक्साभेटरको चेनले छातीमा गहिरो चोट लागेको थियो ।



