×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १६ घण्टा अघि

आज कुशे औँसी
  • १९ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १९ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १९ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १९ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

बारपाकमा सार्वजनि सुनुवाई सर्व साधारणको गुनासै गुनासा

  •  
  • आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – गोरखाको बारपाकमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सर्व साधारणहरुले विकास निर्माणले गति लिन नसकेको भन्दै गुनासै गुनासा गरेका छन ।

    बारपाकको मनि डाडाँमा गरीएको सार्वजानिक सुनुवाई कार्यक्रममा स्थानियहरुले खानेपानी, सडक, निर्माण सामाग्रीहरुका साथै सुरक्षा ब्यवस्था र पालिकाबाट पाउने सेवा र सुविधाको विषयमा गुनासो गरेको हो ।

    जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, बारपाक सुलिकोट गाउँपालिका, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ (भवन) र ११ किलो–छेवेछार–भालुस्वाराँ–बारपाक सडक योजनाले गरेको संयुत्त सार्वजानिक सुनुवाई कार्यक्रममा बारपाक सडकको कुरा उठाईएको थियो । ‘काम गरेको छैन भनु गर्छ । त्यो पनि चैत्र बैशाख लागे पछि । अनि बर्षा आउछ सबै भत्काउछ । जस्ताको तस्तै’ नेपाली काँग्रेस गाउँपार्टी सभापति मनबहादुर घले बताए । घलेले गाउँपालिकाले विपक्षी दल संग समन्वय नगरी बजेट विनियोजन गरेको बिषयमा समेत आपत्ती जनाउदै सहमती र सहकार्य बिना विकास संमभ्व नभएको समेत बताए ।

    अर्का एक स्थायिनले ‘दुई बर्ष भित्रै पिच गरीदिन्छु भनेर प्रधानमन्त्रि हेलिकप्टर चढेर जानु भयोतर ४ बर्ष विति सक्दा सम्म पनि पिचको काम त के पिचको लागि आवश्यक तयारी समेत नगरेको’ भन्दै ‘बारपाक बाट नेतृत्व गरेर गोरखा बजार बस्ने नेताहरुको पनि यसमा कमजोरी रहेको’ बताए ।

    सार्वजानिक सुनुवाई कार्यक्रममा बोल्ने प्राय स्थानियहरुले बर्षा लागे पछि बारपाकीले पाउने दुःखको अनुभवन गर्न प्रशासनलाई आग्रह गरेका थिए । ‘पानीको मुहानमा लगेर भूकम्प स्मृती पार्क निर्माण गरीएको छ । भोली त्यो पानीको मुहान सुक्यो भने बारपाकीले कहाँबाट पानी ल्याएर खाने हो’ अर्का स्थायिन बारपाक बासीको गुनासो रहेको थियो । सिंगो बारपाक बासीलाई पुग्ने पानीको मुहान स्मृती पार्क निर्माण स्थल भित्र पर्छ । भूकम्प गएको बर्ष पानीको मुल केही सुेकेको भएता पनि पछिल्लो बर्ष सोही स्थानबाट पानीको बहाव वढदै गएको एक स्थानियले बताए ।

    सार्वजानिक सुनुवाइ गाउँपालिका प्रमुख विण्णु भट्टको सभापतित्वमा भएको थियो । कार्यक्रममा उठेको प्रश्नहरुको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, प्रहरी उपरिक्षक ओमप्रसाद शर्मा, जिल्ला आयोजना कार्यान्वयन ईकाइ (भवन) की प्रमुख सुनिता श्रेष्ठ, ११ किलो–भालुस्वाराँ–बारपाक सडक आयोजनाका ईन्जिनियर राजेश यादव र गाउँपालिका प्रमुख विण्णु भट्टले जवाफ दिएका थिए ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, मङि्सर ०१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.