गोरखा समाचारदाता
गोरखा – गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकासमन्त्री रामशरण बस्नेतले गोरखाको सहिद लखन गाउँपालिका–८ का बिभिन्न बिकासका आयोजनालाई प्राथामिकता दिने प्रतिबद्धता जनाएका छन ।
त्यस क्षेत्रको बिकासका निर्माणको योजना बोकेर मन्त्रालय पुगेको एक टोलीसंग मन्त्रि बस्नेतले छलफल गर्दै प्रतिबद्धता जनाए हो ।
छलफलमा मन्त्रि बस्नेतले सहिद लखन गाउँपालिका–८ को धारापानी खानेपानी आयोजना, बिर्खे खोला खानेपानी आयोजनाका लागि आबश्यक रकम यसै आर्थिक बर्ष बिनियोजन गर्ने बताए । त्यस्तै गरी मन्त्रि बस्नेतले बराह फाँट, आपँस्वारा खानेपानी आयोजनाका लागि समेत चालु आर्थिक बर्षमा बजेट बिनियोजन गर्ने प्रतिबद्ध जनाएका थिए ।
छलफलका क्रममा मन्त्री बस्नेतले गाउँमा जाने बिकासका योजनालाई प्रभावकारी बनाउन स्थानिय बढी सचेत हुनुपर्नेमा जोड दिएका थिए ।




















