गोरखा समाचारदाता
गोरखा – नेपाल लेखापढी कानून व्यवसायी एसोसियसनको गण्डकी प्रदेशको आठौं बैठक गोरखामा सम्पन्न भएको छ ।
११ जिल्लाका ७० प्रतिनिधिहरुको उपस्थितीमा जिल्ला सदरमुकामको पश्चिमकालीमा भएको बैठकको सहजिकरण गण्डकी प्रदेशका सचिव सरोज देवकोटाले गरेका थिए ।
मायादेवी सोतीको अध्यक्षतामा तथा केन्द्रिय अध्यक्ष सीताराम दाहालको प्रमुख आतिथ्यतामा भएको बैठकमा रामप्रसाद अधिकारी, सूर्यबहादुर थापा, ऋषि देवकोटा लगायतले मन्तव्य राखेको जिल्ला सचिव ठाकुरप्रसाद लामिछानेले जानकारी दिए ।
अर्को बैठक लम्जुङ गर्ने निर्णय भएको उनले बताए ।




















