गोरखा समाचारदाता
गोरखा – बारपाक सुलिकोट गाउँपालिकामा एक व्यक्तिको भीरबाट लडेर ज्यान गएको छ ।
वडा नम्बर–६ भञ्ज्याङका ५० वर्षीय काले बरामको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी मित्रबन्दु शर्माले जानकारी दिए ।
शुक्रबार खेतमा काम गर्न गएका बराम साँझ अबेरसम्म घर पनि नफर्कीएपछि स्थानीयले खोजी गर्दा शनिवार मृत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।
उनी मैलुङ बासपानीको भिरबाट ३०० सय मिटर तल मृत अवस्थामा भेटिएको डिएसपी शर्माले बताए ।




















