×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १३ घण्टा अघि

आज कुशे औँसी
  • १६ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १६ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १७ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • १ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

अमेरिकामा प्रतिबन्धित ह्वावेई भारतीय दूरसञ्चार क्षेत्रमा बजार खोज्दै

  •  
  • शुक्रबार, कार्तिक ०१, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    अमेरिकी दूरसञ्चार कम्पनीहरूलाई फाईभ जी उपकरण बेच्न प्रतिबन्ध लागेपछि चिनियाँ कम्पनी ह्वावेईले आक्रामक रूपमा भारतमा बजार खोज्न थालेको छ।

    अब्जर्भर रिसर्च फाउन्डेशनसँग आबद्ध प्रविधि विश्लेषक अरुण सुकुमार भन्छन्, “केही देशले उसलाई गलहत्याइदिइसकेका छन्। त्यसैले फाईभ जीका लागि भारतसँग सम्भावित सम्झौता विशेष रूपमा महत्त्वपूर्ण हुन सक्छ।”

    उनका अनुसार तत्काल ह्वावेई सहज परिस्थितिमा भए पनि उसले संसारभरि तथा नयाँ बजारमा लगानी गर्नुपर्ने हुन्छ।

    “त्यसका लागि भारतभन्दा ठूलो बजार अर्को कुन हुन सक्छ?”

    ह्वावेईले अस्ट्रेलियामा पनि प्रतिबन्ध खेपेको छ। केही अन्य देशले पनि त्यस्तै निर्णय गर्न लागेका छन्।

    ह्वावेईका उपकरणमार्फत् चीनले जासुसी गर्न सक्ने अमेरिकाको आरोप छ।

    तर प्रविधि तथा उपकरण उत्पादन गर्ने उक्त विशाल कम्पनीले त्यस्ता आरोपहरूको खण्डन गर्ने गरेको छ। आफ्ना कुनै पनि उत्पादनमा सुरक्षासम्बन्धी चुनौती नदिने र आफू चीन सरकारबाट सञ्चालित नभएको ह्वावेईको दाबी छ।

    दबाव

    भारतको ताररहित दूरसञ्चारको बजार चीनपछि दोस्रो स्थानमा छ। त्यसैले कुनै पनि कम्पनीका लागि भारत महत्त्वपूर्ण बजार हो।

    अहिले खेप्नुपरेको समस्याका कारण भारत ह्वावेईको भविष्यका लागि महत्त्वपूर्ण सिद्ध हुन सक्छ।

    अमेरिकाले भारत तथा आफ्ना अन्य साझेदार राष्ट्रलाई ह्वावेईसँग सम्बन्ध नराख्न दबाव दिइराखेको छ। ह्वावेईसँग व्यवहार गरे दण्ड दिने धम्की पनि उसले दिने गरेको छ।

    फाईभ जी नेटवर्क

    दिल्ली भ्रमण गर्दा अमेरिकाका वाणिज्यमन्त्री विल्बर रसले “भूराजनीतिक साझेदार भारतले त्रुटिवश आफूलाई सुरक्षा खतरामा नपार्ला” भन्ने आफूलाई लागेको बताएका थिए।

    अमेरिकाले आरोप लगाए जस्तो आफ्नो उत्पादनमा कुनै खतरा नभएको लिखित प्रत्याभूति भारत सरकारलाई दिन उक्त कम्पनी तयार भएको ह्वावेई इन्डियाका प्रमुख जे चेनले बीबीसीकी देविना गुप्तालाई बताएका छन्।

    “अमेरिका सरकारले भारत सरकारलाई प्रभाव पार्न खोजेको हामीले सञ्चारमाध्यममा पढेका छौँ। तर मलाई लाग्छ हामी जे गर्न सक्छौँ त्यसमा हामी केन्द्रित हुनुपर्छ तथा यथाशक्य गर्नुपर्छ,” उनले भने।

    भारतले अमेरिकाले ह्वावेईलाई लगाएका आरोपहरूबारे कुनै टिप्पणी गरेको छैन।

    बरु उसले ह्वावेईलाई आगामी फाईभ जी स्पक्ट्रम परीक्षणमा सहभागी हुन निमन्त्रणा दिएको छ। तर त्यसको मिति भने तोकिसकिएको छैन।

    ह्वावेईलाई फाईभ जी नेटवर्क स्थापनाको प्रक्रियामा सहभागी नगराउनु भारतलाई घातक हुन सक्छ।

    “फाईभ जी आरम्भ गर्न पाँचवटा कम्पनीबाहेक अरूसँग पूर्वाधार छैन। अनि ह्वावेईको पूर्वाधार नोकिया र एरिक्सनजस्ता पश्चिमा कम्पनीको भन्दा धेरै सस्तो छ,” सुकुमार भन्छन्।

    अमेरिका-चीन

    “भारतको दूरसञ्चार उद्योग अहिले पनि सङ्घर्ष गरिरहेको छ। तसर्थ सस्तो दरमा सेवा उपलब्ध गराउन सकिने भएकाले ह्वावेईसँग साझेदारी गर्नु धेरै उपयुक्त छ।”

    ह्वावेई अहिले भारतको डिजिटल ईकोसिस्टमको महत्त्वपूर्ण अङ्ग भइसकेको र यो चरणमा बाहिर निकाल्दा त्यो पूर्णत: भत्किने ईकनमिक टाइम्स पत्रिकालाई बताएका छन्।

    उनका अनुसार त्यसले आर्थिक हानि मात्र नभएर प्रविधि विकासमा पनि नराम्रो असर पर्नेछ।

    bbc

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    शुक्रबार, कार्तिक ०१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.