×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • २ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • ३ घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ४ घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ४ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ४ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ४ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सुनसरीमा गएराती दुई पक्षबीचको झडप : अनिश्चितकालीन कर्फ्यु
  • १ दिन अघि

फोटो पत्रकार सुशील श्रेष्ठका ३ तस्बिर छनोट
  • १ दिन अघि

ग्राहकको विश्वास र सद्भाव नै हाम्रो सफलता हो : प्रबन्धक लामा

  •  
  • मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    हरी कार्की ‘लक्की’

    चितवन – पछिल्लो समय चितवनमा दुई पाङ्ग्रे सवारी साधनको प्रयोग संगै चार पाङ्ग्रे नीजि सवारी साधनको प्रयोग ह्वात्तै बढेको छ । मानिसको आवश्यकता, सडकको पहुंँच र सामाजिक प्रतिष्ठाको लागि समेत यसको प्रयोग बढ्दै गइरहेको छ ।

    देशको अन्य शहरमा जस्तै चितवनमा पनि यस्ता सवारी साधनको प्रयोगकर्ता बढेसंँगै अटोमोबाइलका शोरुम खोल्ने क्रम बढ्दो छ । ग्राहकको माग र चाहना बमोजिम विभिन्न विदेशी ब्रान्डका गाडीहरु चढ्ने पनि उत्तिकै बढिरहेका छन ।

    पछिल्लो समय चितवनमा अटोमोबाइलको व्यवसाय चम्किदै गइरहेको छ । एक दशक अघिमात्र नारायणगढको एक दुई स्थानमा नीजि गाडीका शोरुम रहेपनि अहिले यो क्रम विस्तार हुंँदै भरतपुरको गोन्द्राङ्ग सम्म पुगेको छ ।

    यसैबीचमा २०६८ सालबाट नारायणगढबाट सेवा प्रारम्भ गरेको एस.एच. मोटर्स प्रालिले अघिल्लो बर्षबाट भरतपुरको रिजालचोकबाट फोर्ड ब्राण्डका विभिन्न मोडलका गाडीहरु बिक्री गर्दै आएको छ ।

    कम्पनीले एक दशक भित्र प्राप्त गरेको सफलता एवं फोर्ड ब्राण्डका बिशेषताका बारेमा कम्पनीका प्रबन्धक सुमित्रा लामासंँग गरिएको कुराकानीको केही अंश ।

    १) तपाई विगत लामो समयसम्म यस कम्पनीको प्रबन्धक जस्तो पदमा काम गर्दै आउनु भएको छ किन ?

    माइण्डको मान्छे । भविष्यमा पनि विजनेसनै सम्हाल्ने र स्थापित हुने मेरो चाहना थियो । त्यसमा पनि म अलिकति फरक प्रकारको विजनेशमा रमाउन चाहन्थे । त्यसमा पनि प्रबन्धक पदमा रहेर आफूलाई स्थापित गराउन चाहन्थे । जसका कारण पनि मैले अटो बजारलाई रोजें । आज आएर यो सपना एस एच मोटर्सले पुरा गरेको छ । झण्डै १० बर्षदेखि म यो क्षेत्रमा छु । र मलाई पहिलेदेखिनै गाडीका शोरुम, कम्पनीमा काम गर्ने इच्छा थियो , जस अनुरुप म यो क्षेत्रमा स्थापित भएको हुंँ ।

    २) तपाई यो कम्पनिकमा आएदेखि कम्पनीले कत्तिको उचाई पाएको छ त ?

    कुनैपनि कम्पनी सफल हुनुमा व्यवस्थापन, टीमवर्क, मेहनत, लगावको उत्तिकै आवश्यक पर्दछ । मैले यहांँदेखि नै यसलाई उचाईमा पुरयाउनको लागि थुप्रै अभ्यास गरेको छु । जसका कारण एकत फोर्ड गाडीका बा्रण्डलाई चितवनको प्रतिस्प्रधात्मक बजारमा स्थापित गर्न सके । अर्को कुरा ग्राहकको चाहना, सेवालाई मध्यनजर गर्दै गाडी बिक्रि गर्नुका साथै त्यसपछिका सेवालाई पनि प्राथमिकतामा राखे । जसका कारण अन्य ब्राण्डका गाडी तुलनामा यो ब्रान्डका गाडी ग्राहकले रुचाएको अनुभव गरेको छ । हामी गाडीको सेल्स ट्रेण्डमा पनि उत्तिकै सन्तुष्टि छौ । जसको फलस्वरुप साउथ एशियामा नै चौथो नम्बरमा कम्पनीले प्लाटिनियम फोर्ड अर्जुन अवार्ड लिन सफल भयौं । यसलाई कम्पनीको टीम ,ग्राहकहरु सद्भाव र सबैको संयुक्त प्रयासबाट सफल भएको ठान्दछु । अर्को कुरा हामीले कम्पनीले दिएको बिक्री लक्ष्य भन्दा बढी नै फोर्ड गाडीका उत्पादनहरु बिक्री गर्न सफल भएका छौं । ग्राहकको हामी प्रतिको विश्वास र हामीले ग्राहकहरुलाई दिएको सेवाका कारण पनि हामी यो सफलता हात पारेका हौं ।

    ३) चितवनमा अन्य ब्राण्डका गाडीहरुका थुप्रै शोरुम छन, यो भीडमा किन फोर्ड शोरुमको आवश्यकता पर्‍यो ?

    यो युग २१ औ शताब्दी प्रतिस्पर्धीको युग हो । जसले प्रतिस्पर्धा गर्न सक्छ उ यो बजारमा टिक्छ , त्यसैगरी फोर्ड कम्पनी र यो ब्रान्ड पनि विश्व विख्यात ख्याती प्राप्त कम्पनी हो । अन्तराष्ट्रिय बजारमा यसले आफ्नो छुटै पहिचान बनाईसकेको छ । अक्सर विभिन्न कम्पनीका उत्पादन विश्वबजारमा प्रतिस्पर्धा गर्दै आइराखेको अवस्थामा फोर्डका उत्पादन पनि नेपाली ग्राहकले अत्याधिक मन पराएका हुनाले ग्राहकको चाहना र माग बमोजिम हामीले यस शोरुमको आवश्यकता महसुस गरेका हौ। चितवन देशकै केन्द्रमा भएकोले र अन्य छिमेकी जिल्लाको लागि पनि सहज भएको कारण हामीले शोरुम स्वरुप यसअघि नारायणगढमा रहेपनि यसलाई विस्तार गरी रिजालचोकमा राखेका हौं । यसको कभरेज क्षेत्र पश्चिममा नवलपरासी र पूर्वमा विरगंज , मुग्लिङसम्मको क्षेत्र पर्दछ । त्यसैले यहांँका ग्राहकहरुको चाहना एवं सेवाको लागि फोर्ड ब्रान्डका गाडीको शोरुमा अपरिहार्य भएको छ ।

    ४) गाडी किन्न आउने ग्राहकले के के सुविधा पाउंँछन ?

    बिशेषगरी गाडी खरीद गर्न आउने ग्राहकको लागि सहज तरिकाले वित्तिय सुविधा उपलब्ध छ र यसका सर्भिसिङ्ग, पार्टसको उपलब्धता र एक्सचेन्ज गर्ने सुविधा पनि दिएका छौं र ग्राहकले गाडी बिक्री गर्न चाहेमा पनि हामीले उचित मुल्यमा खरिद गर्छौ ।

    ५) अन्य ब्रान्डका गाडी र फोर्ड ब्रान्डका गाडीमा के फरक छ ?

    बास्तवमा भन्ने हो फोर्ड ब्रान्ड अन्तराष्ट्रिय गुणस्तरको ब्रान्ड हो । यो ब्रान्डसंँग अरु ब्रान्डका गाडी भन्दा बढी ग्राहकले रुचाएका छन । किनकी अटोबजारमा यो ब्रान्डले अलग्गै इतिहास रचेको छ । यसका लुक्स, मोडल र नेपाली माटो सुहाउंँदो र नेपाली ग्राहकले रोजेको खोजेको मोडलहरु उपलब्ध भएकोले पनि अरु ब्रान्ड भन्दा फरक छ । अर्को कुरा यस ब्रान्ड चढ्ने ग्राहकले अन्य ब्रान्ड चढ्नै मान्दैनन । किनकी यस गाडीमा सुरक्षाको हिसाबले विभिन्न प्रविधिसमेत जडान गरिएको छ । साथै यो गाडी मध्यम वर्गदेखि उच्च वर्गका ग्राहकलाई लक्षित गरी विभिन्न मोडल र मुल्यमा उपलब्ध छन ।

    ६) फोर्ड ब्रान्डका गाडीका बिशेषता के के छन ?

    फोर्ड ब्रान्ड विश्व विख्यात अमेरीकन कम्पनीको अन्र्तराष्ट्रिय ब्रान्ड हो यसले आफ्नो उत्पादनलाई कसरी अन्य कम्पनिका उत्पादनलाई प्रतिस्पर्धात्मक बजारमा स्थापित गर्दै अगाडि बढेको छ । मुख्य कुरा त भारतीय बजारका गाडीहरु भन्दा पनि यो ब्रान्डका गाडी तुलनात्मक रुपमा सस्तो छ । आर्कषक मोडल ,उच्च सुरक्षा सर्तकता , विभिन्न कलर र आर्कषक इन्टिेरियर डिजाइन भएकोले पनि ग्राहकको रोजाई बनेको छ । यस्तै सर्वसुलभ पार्टस, सर्भिसिङ्ग,मर्मत सुविधा उपलब्ध भएकोले पनि ग्राहक यस कम्पनीको गाडी प्रति ग्राहकको आकर्षण छ । यस्तै फूल अप्सन सहित , आरामदायी सीट, भर्टिकल क्लियरेन्स, अटो गेयर सिष्टम सुविधा जस्ता यसका अन्य थुप्रै बिशेषता छन ।

    ७) तपाईको शोरुममा कुन कुन मोडल तथा मुल्यका गाडीहरु उपलब्ध छन ?

    हाम्रो शोरुममा सबै स्तरका ग्राहकलाई मिल्ने गाडीहरु उपलब्ध छन । बिशेषरी एउटा सानो परिवार, कार्यालयका कर्मचारी , विजनेशमेनदेखि ब्रान्ड लोयल हुने सम्मको गाडीहरु छन । हामीसंँग अहिले न्यूनतम २४ लाख ९९ हजार रुपैयांँदेखि १ करोड ७५ लाखसम्म पर्ने गाडीहरु छन । हामी कहांँ अहिले फिगो , अस्पायर, फ्री स्टाइल, इकोस्पोर्ट,रेञ्जर, इण्डिभर, सिग्नेचर, थण्डर मोडलका गाडीहरु उपलब्ध छन । जुन गाडीहरु विभिन्न गाडी र सीट क्षमता र पाओरमा उपलब्ध भएकोले पनि अन्य ब्रान्डका गाडी भन्दा बढी किफायती, बलियो र सुरक्षित छ । त्यसैले हाम्रो शोरुममा कम्तिमा दैनिक २० देखि २५ ग्राहकले भिजिट गर्छन र बूकिङ पनि उत्तिकै बढ्दो छ ।

    ८) कम्पनीले व्यवसाय बाहेक अन्य क्षेत्रमा के के सहयोग गर्दै आएको छ ?

    हामी समाजमा बसेपछि सामाजिक दायित्व र धर्म निर्वाह गर्नैपर्छ । व्यवसाय गर्नु मात्र सामाजिक प्रतिष्ठा होइन । समाजमा हरेक नागरिकको आफ्नै दायित्व हुन्छ । जसका कारण कम्पनीले सामाजिक उत्तरदायित्व बहन अन्र्तगत विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आएको छ र गनुपर्छ पनि । यसबाट अलग्गै सन्तुष्ट प्राप्त हुन्छ ।

    ९) कम्पनिको भविष्यको योजना के छ ?

    वास्तवममा हामीले भरतपुरमा रहेको यो एउटा शोरुमले मात्र ग्राहकलाई पर्याप्त सेवा पुगेको छैन । ग्राहकले अन्य जिल्लामा समेत शोरुमको माग गरिरहेका बेला थप शाखा विस्तार गर्न लागेका छौं । जसका कारण ग्राहकको चाप र मागलाई ध्यानमा राख्दै शाखा विस्तार गर्ने योजनामा छौं ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ ३१, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    नेपाल राष्ट्र बैंकले साेमबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    सुनचाँदीको मूल्य बढ्यो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • २. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ३. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ५. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    • ६. मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी

    • ७. धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.