गोरखा समाचारदाता
गोरखा – नेवार समुदायको एक संस्थाले गोरखा अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल बितरण गरेको छ ।
नेवा देव दवुको स्थापना दिवशमा बिहीबार गोरखा अस्पतालमा रहेका बिरामीहरुलाई संस्थाका पदाधिकारीहरुले एक कार्यक्रम बिच फलफूल बितरण गरेको जिल्ला अध्यक्ष देवीप्रसाद श्रेष्ठले बताए ।
जिल्ला अस्पतालको आकस्मिक कक्ष, अन्तरंग कक्ष र बहिरंग कक्षमा रहेका सबै बिरामीहरुलाई संस्थाका पदाधिकारीहरुले फलफूल बितरण गरेका गोरखा अस्पतालका मेडिकल सुपरिटेन्डेन सफल सुवेदीले बताए । मेसु सुवेदीका अनुसार अस्पतालमा रहेको ३ सुत्केरीलाई हरर्लिक्स र अन्य खाने कुरा बितरण गरीएको थियो ।




















