×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • २ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • २ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ६ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ७ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

हर्ष उल्लासका साथ गाेरखामा तिज मनाइयो

  •  
  • मङ्गलबार, भदौ १७, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा समाचारदाता

    गोरखा – नेपाली नारीहरुको महान पर्व हरितालिका तिज हर्ष उल्लासका साथ मनाइएको छ ।

    भाद्र शुक्ल तृतीयाका दिन गोरखा सहित देशभर नारीहरुले व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेर सुख, शान्ति र कल्याण कामना गरेका छन् । यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविाहित केटा केटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएकी थिइन् ।

    सोही अनुरुप अविवाहितहरुले आफूले चाहे जस्तो श्रीमान र विवाहिताहरुले आफ्नो, श्रीमानको शुस्वास्थ्य दिर्घायु र समृद्धिको कामना गरी यो पर्व मनाउन थालिएको हो । धार्मिक रुपमा जस्तै तिजको सांस्कृतिक महत्व पनि उत्तिकै छ । महिलाहरुका कथा व्यथालाई गित मार्फत सुनाउने पर्वका रुपमा पनि तिजलाई लिने गरिन्छ ।

    पछिल्लो समय तिज पर्वलाई मध्यनजर गरी विभिन्न सांस्कृतिक कार्यक्रमहरु पनि हुन थालेका छन् । रेडियो गोरखाले आयोजना गरेको तिज गीत प्रतियोगिताको उपाधी शुभलक्ष्मी महिला समूह लक्ष्मीबजार पहिलो भएको छ । ९ समूहको सहभागिता रहेको प्रतियोगीतामा लोकतान्त्रिक समाज हरमटारी दोश्रो, लियो क्लव अफ गोरखा तेश्रो र काफलघारी महिला समूह र सतिपिपल महिला समूह सान्तोना भएका छन् ।

    पहिलो, दोश्रो, तेश्रो र सान्तोना हुनेले क्रमश २० हजार, १५ हजार, १० हजार र ५/५ हजार नगद पुरस्कारका साथमा प्रमाणपत्र वितरण गरिएको रेडियो गोरखा ९२.८ का स्टेशन म्यानेजर किशोरजंग थापाले जानकारी दिए । कार्यक्रम अवधिभर उत्कृष्ट नृत्य प्रस्तुत गर्ने २० जना भन्दा बढि दर्शकहरुलाई मोबाइल, विभिन्न किसिमका गरगहना, कपडा लगायतको पुरस्कार प्रदान गरिएको उनले बताए । कार्यक्रममा टिका तारमी मगर, प्रेम अर्याल, नारायण दानी लगायत विभिन्न स्थानीय कलाकारहरुले पनि आफ्नो प्रस्तुति देखाएका थिए ।

    स्थापनाकाल देखि हरेक वर्ष रेडियो गोरखाले जिल्ला सदरमुकामको रानी पोखरी परिसरमा तिज गित प्रतियोगिता गर्दै आएको छ । यस वर्ष पनि तिजको मौलिक पन जोगाइराख्न कार्यक्रम गरिएको रेडियो गोरखाको मातृ संस्था गोरखा बिकास तथा सञ्चार केन्द्रका अध्यक्ष इश्वरकाजी मास्केले जानकारी दिए ।

    त्यस्तै गोरखा नगरपालिका १२ मा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । रानीटार टोल विकास संस्थाको आयोजनामा भएको प्रतियोगितामा ११ समुहको सहभागिता रहेको थियो । संस्थाकी उपाध्यक्ष विनिता कुमालको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य मनकुमारी गुरुङको प्रमुख आतिथ्यता रहेको थियो । प्रतियोगितामा सत्यदेवी टोल विकास संस्था प्रथम भएको छ ।

    उसले १० हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै चण्डी भगेरी टोल विकास संस्था दोस्रो, रानीटार टोल विकास संस्था तेस्रो भएका छन् । उनिहरुले क्रमश ७ हजार र ४ हजार ५ सय पुरस्कार पाएका छन् । यसैगरी प्रतियोगितामा खत्रीबेशी टोल विकास संस्थाले सान्त्वना स्थान हासिल गरेको छ ।

    त्यस्तै वडा नम्बर १३ मा सुरक्षित तथा उत्थानशिल नीजि आवास पुर्ननिर्माण सम्बन्धी सन्देशमुलक तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । वडा कार्यालयको प्रतियोगितामा १५ समुहको सहभागिता रहेको थियो । वडाध्यक्ष हरी खनालको अध्यक्षतामा भएको कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख पन्तले सबै जातजातीको कला, संस्कृती जगेर्नामा आफु प्रतिवद्ध रहेको बताएका छन् ।

    प्रतियोगितामा प्रगतीशिल महिला समुह प्रथम, सत्यदेवी महिला समुह दोस्रो र दिदिबहिनी महिला समुह तेस्रो भएका छनु भने राजदेवी महिला समुहले सान्त्वना स्थान हात पारेको छ । विजेता समुहले क्रमश १० हजार, ८ हजार, ६ हजार र ३ हजार पुरस्कार सहित प्रमाणपत्र पाएका छन् ।

    कार्यक्रममा नेकपाका गण्डकी प्रदेश सदस्य भगवती तिवारी भट्ट, वडा समिति सदस्य मनोजचन्द्र नाराल, समाजवादी पार्टीका रामभक्त खनाल, साविकको देउराली गाविसको पूर्वअध्यक्ष ऋषि खनाल, वडा सदस्य पूर्णिमा दराई लगायतले मन्तब्य राखेको स्थानीय सरोजबाबु अटलले जानकारी दिएका छन् ।

    त्यस्तै वडा नम्बर १४ मा अमरज्योती महिला समुहको आयोजनामा समेत तीज गीत तथा नृत्य प्रतियोगिता भएको छ । समुहकी अध्यक्ष कान्दी सेडाईको अध्यक्षतामा भएको कार्यक्रममा नगरप्रमुख राजनराज पन्तको प्रमुख आतिथ्यता रहेको थियो । तीजकै अवसरमा जिल्लाका अधिकांश स्थानीय तहमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छ ।

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    मङ्गलबार, भदौ १७, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.