×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

प्रधानमन्त्री ओलीलाई गोरखाबाट मनिषको पत्र

  •  
  • आइतबार, भदौ १५, २०७६ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    सम्माननिय प्रधानमन्त्री ज्यू,

    सर्वप्रथम त म यहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ! अरुले जस्तो आफ्नो उमेरको १०/१५ बर्ष छुट्टाएर त मैले दिन सक्दिन । तर पनि यहाँको उपचारको क्रममा आवश्यक परेमा मेरो तर्फबाट एउटा मृगौला दिन भने तयार छु । तर कुनै सर्त बिना वा सित्तैमा भने पक्कै होइन । यस्को बदलामा आम नेपाली जनताले अपेक्षा गरेको तपाईं जस्तो दुई तिहाइ बहुमत प्राप्त सरकारको बहुत शक्तिशाली प्रधानमन्त्री भएको समयमा देशबाट भ्रष्टाचारको जरो उखेल्न भने पक्कै पनि असम्भव नहोला र मलाई पनि खासै असम्भव छ जस्तो लाग्दैन ।

    किनकि अहिले तपाई कै शक्ति छ र जहाँ तपाईं कै शक्तिको कदर हुन्छ । जुन स्टाईलमा सञ्चारकर्मी रवि लामिछानेलाई प्रहरीले प्रकाउ गरेको थियो त्यस्तै स्टाईलमा भ्रष्टाचार, कालोबजारी गर्ने तमाम राजनीतिको खोल ओढेका भ्रष्ट नायक नायिकाहरुलाई प्रकाउ गर्नु पर्यो र बिकास र समृद्धिको नारा मात्र होइन कामलाई पनि बिशेष महत्त्वपूर्ण हिसाबले अगि बढाउनु पर्यो ।

    देशमा अब हिजो अस्ति जस्तो पटक पटक निर्वाचन जितेर गएका सांसद, मन्त्रीहरुबाट भएका, आम नेपाली जनताले पाएका क्रमिक बिकासले तपाईंको समृद्ध नेपाल र खुसि नेपालीको नारा पुर्ण रुपमा साकार हुन सक्दैन । जसकारण अब हामीलाई छिमेकी मुलुक चिन , संयुक्त राज्य अमेरिका, बेलायतको जस्तो क्रान्तिकारी बिकास चाहिएको छ ।

    जुन आम नेपाली जनता र देशले माग गरिरहेको छ र तपाईंको सरकारबाट पक्कै पनि सम्भव छ । जहाँ तपाईं र तपाईंका आसेपासे जतिपनि भ्रष्टाचारमा संलग्न छन् तिनिहरुलाई कडाभन्दा कडा कारबाही हुनु पर्यो र ति फेरि पनि भ्रष्टाचारमा संलग्न भएनन् भने तपाईंको पोस्टरमा छापिएको समृद्ध नेपाल र खुसि नेपाली तपाईंकै पालामा सम्भव छ ।

    हामी र हाम्रै पालामा सम्भव छ र नेपाल पनि एक सिंगापुर बन्नेछ र तपाईं जस्ता राष्ट्रको उच्च ओहोदामा रहेका ब्यक्तिहरु उपचार गराउन भन्दै महिनैपिच्छे करोडौं करोड सम्पत्ति राज्यकोषबाट स्वाहा पार्दै फेरि पनि उपचार गराउन भन्दै सिंगापुर गईराख्नु पर्ने थिएन र अन्य कुनै पनि राष्ट्र जानुपर्ने बेतिथि हुने थिएन । ति कर्णा्लिको दुर्गम जिल्ला जुन हुम्ला , जुम्ला र जाजरकोटका जनताहरु जहाँ उपचारको नाममा सिटामोल समेत खान नपाएर आफ्नो अमुल्य जिबन अकालमा नै यमराजलाई दान गर्नु पर्ने अबस्था सायदै आउने थिएन होला ?

    सारा जनताले सस्तो र गुणस्तरीय उपचार आफ्नै देशमा पाउने थिए र कसैको अमुल्य ज्यान जाने थिएन र म जस्ता जोश र जागरले भरिएका कलिला युवाहरु र देशको निम्ति केही गरौं , आफ्नो अमुल्य जिबन देशकै निम्ति योगदान गरौं भन्ने लाखौंलाख युवाहरु महिनैपिच्छे, बर्ष्पिच्छे पासपोर्ट बनाएर Embassy धाउदै आफ्नो सुनिश्चित उज्ज्वल भविष्य कोर्नको निम्ति भन्दै आफ्नो प्राण भन्दा प्यारो देश र ती बुढेसकालले छोएका आमा बाबुको आखा भरि आशु हेर्दै नरुनु बा, नरुनु आमा भन्दै आफ्नो आखाभरि टिलपिल आशु लिएर पराईको देशमा आफ्नो अमुल्य श्रम व्यथित गर्नु पर्ने अवस्था आउने थिएन होला ?

    देशले यो दुर्ग्ति खेपि राख्नु पर्ने थिएन होला सायदै !! त्यसैले अब देशमा द्रुत गतिमा फैलिदै गरेको HIV Aids जस्तो भ्रष्टाचार अन्त्य गरौं । भोलि नभनि आज । यस्ले र उस्ले नभनि आफैबाट र म बदलिए मेरो परिवार बदलिने छ । मेरो जस्तो परिवार सबैको बदलिए समाज बदलिने छ । मेरो समाज जस्तो सबै समाज बदलियो भने मेरो प्राण भन्दा प्यारो देश बदलिने छ । भ्रष्टाचारको जालो लागेको मेरो देशले मुहार फेर्ने छ ।

    जसकारण मेरो प्रकृतिको सौर्न्दर्यले भरिपुर्ण देश नेपालको नाम जप्दै भिजिट गर्न भन्दै बिदेशबाट लाखौंलाख पर्यटक महिनैपिच्छे मेरो देश भिजिट गर्न आउनेछन् । गोर्खालीले चिनाएको मेरो देश फेरि संसार भर एउटा नमुना देशको रुपमा चर्चित हुनेछ । त्यसैले अब बिकास र समृद्धिको निम्ति भित्ता भित्तामा । बिजुलीको पोल पोलमा मसिबाट कोरिएको पोस्टर टालेर होइन । तपाईंहरु जस्ता उच्च पदमा रहेका ब्यक्तिहरु भ्रष्टाचारमा आफै प्रोत्साहित भएर होइन । भ्रष्टाचारको जरो उखेल्ने अभियानमा लागौं ।

    आम जनता र छुट्टाछुट्टै पार्टीमा संम्लग्न रहेका कार्यकर्ताहरु एक आपसमा बिरोध प्रतिरोध सिर्जना गरेर होइन । आफु पार्टीको होइन सिङ्गो नेपालको राष्ट्रिय झन्डा मुनि रहेको र आफुले राष्ट्रको निम्ति हानि नोक्सानी पुग्ने कुनै पनि अनैतिक कार्य गर्न हुदैन । जसकारण मेरो देशलाई धक्का पुग्नेछ भन्ने सन्देश ग्रहण गर्दै साच्चिकै आफु बदलिएर देश विकासको निम्ति हातेमालो गरौं , देश अवश्य बदलिनेछ !!

    मनिष पुडासैनी
    भिमसेन थापा गाउँपालिका गोरखा

    लेखकबाट थप:

    • लकडाउन नियम उलंघन गरेपछि सेल्टिक र एबरडीनबीचको खेल स्थगित
    • पारिवारीक बनमा ठकुरी
    • नेपालमै बन्छ विश्वका ७० देशलाई चाहिने आँखाको लेन्स
    • सबै वडामा स्वास्थ्य चौकी बनाउने योजना
    • टेष्ट वरियतामा कोहली शिर्ष स्थानमा उग्लिए

    आइतबार, भदौ १५, २०७६ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-२)
    नागपञ्चमी
    काठमाडौँदेखि चरिकोटसम्म (भाग-१)
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.