गोरखा समाचारदाता
गाेरखा – गोरर्खाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं साधारण सभा तथा चौंथो अधिबेसन सम्पन्न भएको छ ।
जिल्ला सदरमुकाममा भएको साधारण सभामा सचिव ठाकुरप्रसाद खनाल र कोषाध्यक्ष तिलकजंग केसीले प्रस्तुत गरेको वार्षिक प्रगती प्रतिवेदन र आर्थिक प्रतिवेदन उपर छलफल गरी पारित गरिएको छ ।
संस्थाले गत आर्थिक वर्षमा २०७५/०७६ मा ५६ लाख, ६२ हजार, ५ सय ४४ रुपैयाँको कारोवार गरेको छ । जसमध्ये ४५ लाख २५ हजार ३ सय ७० रुपैयाँ लगानी गरी १० लाख ३७ हजार १ सय ७४ रुपैयाँ आम्दानी गर्न सफल भएको सचिव खनालले बताए ।
संस्थाको शेयर पुँजी १ करोड २३ हजार ३ सय पुगेको छ । यसैगरी २ करोड ८५ लाख ८९ हजार २ सय ५३ रुपैयाँ बचत गरेको गोरर्खाली बचत तथा ऋण सहकारीले ३ करोड ६४ लाख २६ हजार ३ सय ५४ रुपैयाँ लगानी गरेको थियाे ।
संस्थाले शेयर सदस्यहरुलाई ५ प्रतिशत लाभाशं वितरण गर्ने घोषणा गरेको छ । साथै सोही अबसरमा भएको अधिवेशनले बिदुर बाँनियाँको अध्यक्षतामा ११ सदस्सिय सञ्चालक समिति तथा केशवराज रेग्मी संयोजकत्वमा लेखा तथा सुपरिवेक्षण समिति समेत गठन गरेको सचिव खनालले जानकारी दिए ।



