गोरखा समाचारदाता
गाेरखा – बैदेशिक रोजगारकालागि बेल्जियम पुगेका गोरर्खालीले गाउँमा सहयोग गरेका छन् ।
गोरखा सेवा समाज बेल्जियमले सांगितक कार्यक्रम गरी संकलन गरेको रकमले आरुघाट केरौंजा स्वास्थ्यचौकीलाई एम्बुलेन्स सहयोग गरेको छ ।
‘उत्तरी गोरखामा धेरै जनाले समयमै उपचार नपाएका कारण ज्यान गुमाउनु परेको छ । त्यसमा पनि महिलाआमा दिदी बहिनीको पिडा धेरै छ’ गोरखा सेवा समाज बेल्जियमका अध्यक्ष राम घलेले भने ‘सानो भएपनि सहयोग गर्न सकिन्छ की भन्ने लागेर अभियान चलायौं, केही रकम संकलन भयो त्यसैले एम्बुलेन्स खरिद गरि उहाँहरुलाई दिएका छौं ।’
समाजले बेल्जियममा गरेको च्यारिटी शो बाट उठेको रकमले सो एम्बुलेन्स खरिद गरिएको हो । उक्त एम्बुलेन्स शनिवार आरुघाटमा भएको एक कार्यक्रमका विच समाजका अध्यक्ष घलेले वडा अध्यक्ष सोमबहादुर घलेलाई हस्तान्तरण गरेका हुन् ।
गाउँपालिका अध्यक्ष पुर्णबहादुर दाहाल, विभिन्न सामाजिक संघसस्थाका प्रतिनिधिहरुको रोहवरमा एम्बुलेन्सको चापीबुझाएको अध्यक्ष गुरुङले जानकारी दिएका छन् ।
एम्बुलेन्स पाएपछि स्थानीय खुसि भएका छन् । भौगोलिक रुपमा बिकट मान्बुका स्थानीयलाई अब अस्पताल जान केही सहजहुने अपेक्षा गरिएको छ । समाजले गोरखामा विभिन्न कार्यक्रम गर्ने योजना बनाएको छ । सामुदायिक विद्यालयहरुलाई प्रविधि मैत्री बनाउनका लागि सफ्टवयेर बनाउने काम भइरहेको उनले बताए ।



