गोरखा समाचारदाता
गोरखा – नारीहरुको महान पर्व हरितालिका तिजको अबसरमा शिव टोल बिकास संस्थाले शुभकमना आदानप्रदान तथा दरखाने कार्यक्रम गरेको छ ।
गोरखा नगरपलिका-८ को उक्त संस्थाकी अध्यक्ष शुष्मा सिंह ढकालको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिकी उपप्रमुख जनुका अधिकारीले अहिलेका महिलाहरुमा कला संस्कृतिको संरक्षण गर्नुका साथै समाज रुपान्तरण गर्ने अभिभारा समेत रहेको बताईन् ।
तिजको मौलिक पक्षको जग्रेना गर्दै केही परम्पराष्गत कुरितीहरु भए परास्त गरेर महिलाहरु अघि बढ्नु पर्ने उनको भनाई छ । सोही अबसरमा वडा अध्यक्ष कृष्णबहादुर खत्रीले टोल बिकास संस्था र वडा कार्यालयको हातमालोमा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने भन्दै सहकार्यका लागि आब्हान समेत गरेका थिए ।
कार्यक्रममा नमूना प्रतिक्षालय टोलबिकास संस्थाका अध्यक्ष मोहसिन अलि मियाँ, आयोजक संस्थाकी उपाध्यक्ष सबिना पोखरेल लगायतले मन्तव्य राखेको सचिव रचना लामिछानेले जानकारी दिइन् । उक्त बिकास संस्थामा ५२ घरधुरी आवद्ध छन् ।



