गोरखा समाचारदाता
गाेरखा – सिरानचोक गाउँपालिकाबाट अवैध सालको गोलिया सहित ४ जना पक्राउ परेका छन् ।
अवैद्य सालको काठ ओसारपसारमा संलग्न रहेको आरोपमा हर्मी भन्ज्याङबाट प्रहरीले ४ जनालार्ई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पालुङटार नगरपालिका १ का सुन्दर लामा, मती घले, अर्पित गुरुङ र वडा १० का अमित लामा रहेका छन् ।
काठ सहित ढुवानीमा प्रयोग भएको ग.१ त. ३७२६ नम्वरको ट्याक्टर र ना. १९ प ६२०९ नम्वरको मोटरसाइकललाई पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



