गोरखा समाचारदाता
गाेरखा – गोरखा उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समितिले हरितालिका तिजका अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रम गरेको छ ।
समितिकीअध्यक्ष रीता रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख जनुका अधिकारीको प्रमुख आतिथ्यता भएको थियो ।
कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष जीवनज्योती श्रेष्ठ, समितिका उपाध्यक्ष शुसिला श्रेष्ठ लगायतले मन्तब्य राखेको सदस्य जुना विश्वकर्माले जानकारी दिइन् ।
जिल्लाका स्थानीय तहका उप प्रमुखहरुको समेत सहभागीता रहेको कार्यक्रममा शुभ कामना आदान प्रदान संगै दर खुवाउने कार्यक्रम समेत सम्पन्न भएको उनको भनाई छ ।



