गोरखा समाचारदाता
गोरखा – टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा गोरखा बजारमा दोस्रो पटक प्रर्दशन गरीएको छ ।
रवि लामिछाने समर्थक संघर्ष समितिले शुक्रबार गोरखा सदरमुकामको पुरानो बसपार्क क्षेत्रबाट शक्तिचोक, कालिमाटी बजार, हरमटारी हुदै प्रतिक्षालय बाट पुन कालिमाटीको लोकतान्त्रिक चोकमा आएर कोण सभा गरेको थियो ।
सभालाई शान्ति समाजका अध्यक्ष सावित्री भट्ट, मानव अधिकार संञ्जालका अध्यक्ष यदु अधिकारी, मानव अधिकार संगठनका अध्यक्ष दिलबहादुर बस्नेत र युवा सामाजिक अभियान्ता सुभाष अधिकारीले संबोधन गरेका थिए ।

प्रर्दशनमा रवि लामिछानेलाई रिहाई गनुपर्ने, दोषीलाई कारवाही गनुपर्ने, निर्दोषलाई न्याय दिनुपर्ने, शालिकराम पुडासैनीको हत्या निश्पक्षरुपमा छानविन गनुपर्ने ब्यानर लिएर बजार परिक्रमा गरिएको थियो ।




















